समाचार

परोपकारको आवरणमा ब्यापार चलाउने संस्था बन्द गराउन निर्देशन

२० माघ, काठमाडौैँ÷ परोपकारको आवरणमा व्यापार चलाउने संस्थाहरु बन्द गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । महिला तथा सामाजिक समितिको आज बसेको बैठकले यस्ता संस्थाहरुको पहिचान गरी तत्काल बन्द गराउन निर्देशन गरेको हो । त्यस्तै नेपाल बाल संगठनको चल–अचल सबै सम्पत्ति र बालबालिकाको संरक्षण सरकार मातहत ल्याउन पनि भनिएको छ ।
प्रदेशगत एवं स्थानीय तहगतरुपमा बालबालिकाको संरक्षण गर्ने व्यवस्था मिलाउन पनि नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देश गरिएको समितिले जनाएको छ । साथै संघीय संरचनाअनुसार बन्ने सम्पूर्ण बाल संरक्षणसम्बन्धी संरचनालाई बालबालिकामैत्री बनाउने, न्यूनतम मापदण्ड पूरा गरेर मात्र खोल्ने, स्वास्थ्य, शिक्षालगायतका न्युनतम आधारभूत आवश्यकता पूरा गर्न पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

nema
Show More

Related Articles

Back to top button