breakingसमाचार

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स¥यो

२३ माघ, काठमाडौैँ÷ नेपाली कांग्रेसको आजको लागि बोलाइएको केन्द्रीय समिति बैठक सरेको छ । शिर्ष नेताहरुबीचको छलफलपछि आजका लागि बोलाइएको बैठक आगामी माघ २७ गतेसम्मका लागि सारिएको हो ।
बैठकमा गत पौष ११ को केन्द्रिय कमिटी बैठकले विधानमा गरेको निलम्बनका विषय र १४ औं महाधिवेशनको कार्यविधिबारे छलफल गर्ने कार्यसुची रहेको थियो । शिर्ष नेताहरुको कार्यव्यस्तताका कारण बैठक सारिएको कांग्रेस केन्द्रिय कार्यलय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । एकतर्फी निर्णय गरिएको भन्दै संस्थापन इतर समुहको विरोधपछि कांग्रेसले गत माघ १३ गतेको केन्द्रिय समिति बैठक मार्फत १४ औं महाधिवेशनको मिति परिवर्तन गरेको थियो । बैठकले भातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समिति गठनको निर्णय समेत गरेको थियो ।

nema
Show More

Related Articles

Back to top button