समाचार

पूर्वसभामुख महराको मुद्धा हेर्दाहेदैमा स¥यो

४ फागुन काठमाडौैँ÷ बलात्कार प्रयास अभियोगमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा हेर्दाहेर्दैमा सरेको छ । संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि डिल्ली बजार कारागारमा रहेका महराको अन्तिम सुनुवाइ हेर्दाहेर्दैमा गएको हो । बलात्कार प्रयास अभियोगमा गत असोज १९ गते पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
जिल्ला अदालतले थुनामा पएपछि महराले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । तर उच्च अदालतले जिल्ला अदालतकै आदेशलाई सदर गरेको थियो । महराका पक्षका वकिलहरुको बहस सकिए लगत्तै फैसला हुने अदालतले जनाएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button