विश्व

निर्भया सामूहिक बलात्कार प्रकरणका दोषी चारैजनालाई मृत्युदण्ड

६ फागुन, काठमाडौैँ÷ भारतमा ठूलै हलचल ल्याइदिएको ‘निर्भया’ सामूहिक बलात्कार प्रकरणका चारै दोषीलाई आगामी मार्च ३ मा मृत्युदण्ड सजाए दिइने भएको छ । सोमबार भारतको पटियाला हाउस अदालतले उनीहरुलाई मृत्युदण्ड दिइने मिति निर्धारण गरेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार चारै दोषीलाई मार्च ३ का दिन बिहान ६ बजे मृत्युदण्ड दिइने छ । यसअघि दुईपटक उनीहरुलाई मृत्युदण्ड दिइने मिति सारिएको थियो ।
पीडितकी आमाले उनीहरुलाई मृत्युदण्ड दिइने नयाँ मितिको स्वागत गरेपनि यसअघि पनि दुईपटक उनीहरुलाई दिइने मृत्युदण्डको मिति पछि सारिएका कारण आफू असन्तुष्ट रहेको जनाएकी छिन् । पीडितका बाबुले भने अदालतको पछिल्लो निर्देशनले ढिलोचाँडो दोषीउपर कारवाही भएरै छाड्ने देखिएको प्रतिक्रिया दिएका छन् ।
nema
Show More

Related Articles

Back to top button