विश्व

असरफ घानी पुनः अफगानिस्तानको राष्ट्रपतिमा निर्वाचित

७ फागुन
अफगानिस्तानमा असरफ घानी पुनः राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । मतदान भएको पाँच महिनापछि उहाँलाई निर्वाचित भएको घोषणा गरिएको हो । निर्वाचन आयोगका प्रमुख हवाम आलम नुरिस्तानीले पत्रकार सम्मेलन गरेर घानी विजयी भएको घोषणा गर्नुभएको हो । उहाँले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गरेको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । विपक्षी दलहरुले निर्वाचनमा धाँधली भएकाले घानी निर्वाचित भए अफगानिस्तन पुन संकटमा फस्ने भन्दै विरोध गर्दै आएका थिए ।
राष्ट्रपति घानीका मुख्य प्रतिष्पर्धी अब्दुल्लाहले ३९ प्रतिशत मत्र प्राप्त गर्नुभएको छ । सन् २००१ मा अमेरिकाले तालिवानीहरुको सत्ताच्यूत गराएपछि निर्वाचन भएको यो चौथो पटक हो । ३७ करोड जनसंख्या रहेको अफगानिस्तानमा करिव १० करोड मतदाता रहेका छन् । तर सुरक्षाका कारण मतदाताको अनुपातमा कम मत खसेको बताइएको छ ।

nema
Show More

Related Articles

Back to top button