breakingसमाचार

नेपाली काँगे्रसको छाया मन्त्रिपरिषदको पहिलो बैठकले ग¥यो यस्तो निर्णय

११ फागुन
नेपाली कांग्रेसको छाया मन्त्रिपरिष्दको पहिलो बैठक बसेको छ । छाया सरकार गठन भएको नौ महिनापछि आज मन्त्रिपरिषदको बैठक बसेको हो । छायाँ सरकारले नौ महिनासम्म केही काम नगरेको भन्दै पार्टी भित्र र बाहिर आलोचना हुन थालेपछि सभापति शेरबहादुर देवाले बैठक बोलाउनुभएको हो । बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसिरहेको छाया सरकारकी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय संयोजक डा.डिला संग्रौलाले जानकारी दिनुभयो । बैठकमा नौ महिनाको अवधिमा छाया सरकारको तर्फबाट भएका कामकारवाहीको बारेमा सम्बन्धित मन्त्रालयको जिम्मा पाएको संयोजकले ब्रिफिङ गर्ने बताइएको छ । नेपाली कांग्रेसले सरकारमाथि निगरानी गर्न भन्दै गत जेठ महिनामा छाया मन्त्रिपरिषद गठन गरेको थियो । तर लामो समयदेखि बैठक नबस्दा छाया मन्त्रिपरिषद आफैं छायामा परेको थियो ।

nema
Show More

Related Articles

Back to top button