समाचार

नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड

११ फागुन÷ नेपाली बजारमा सुनको भाउले फेरी नयाँ रेकर्ड कायम गरेको छ । सुनको मुल्य आज प्रति तोला सात सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७८ हजार आठ सय रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउ १८ डलर बढेर प्रतिऔंस १६ सय ४४ डलर पुगेको छ ।
 
चीनको वुहानमा सुरु भएको कोरोना भाइरस विभिन्न देशमा फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा मुल्य बढेको विश्लेषण गरिएको छ । अहिलेको अवस्था हेर्दा सुनको मुल्य यही हप्ता तोलाका ८० हजारसम्म पुग्न सक्ने संभावना रहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघका मुल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

nema
Show More

Related Articles

Back to top button