breakingसमाचारनेपाली कांग्रेस

वीपी विचार राष्ट्रिय समाजको महाधिवेशन २०७७ बैशाख १९ र २० गते हुने

११ फागुन, काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय महाधिवेशन २०७७ साल बैशाख १९ र २० गते काठमाडौैँमा हुने भएको छ । समाजको केन्द्रीय कार्यालय चण्डोलमा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनको कार्यतालिका लगायतका विषयमा निर्णय गरेको महासचिव विनयध्वज चन्दले जानकारी दिनुभयो । महाधिवेशनको तयारीको लागि केन्द्रीय कार्यसमितिलाई परिचालन गर्ने निर्णय समेत भएको उहाँको भनाई छ ।
 
यस्तै बैठकले नेपालको प्रजातान्त्रिक आन्दोलनका वीर योद्धाहरु नामक पुस्तकको भाग २ प्रकाशन गर्ने निर्णय समेत गरेको छ । उक्त पुस्तकमा प्रजातान्त्रिक योद्धाहरु भिमनारायण श्रेष्ठ, क्याप्टेन यज्ञबहादुर थापा सहितका ब्यक्तित्वहरुको खोजमुलक तथा अनुसन्धानात्मक लेख तयार पारिने चन्दले बताउनुभयो । पुस्तकको भाग १ मा नेपालका प्रजातान्त्रिक योद्धाहरु बुद्धसिंह राना , लालध्वज गुरुङ,सरोज कोइराला, दुर्गानन्द झा, तेजबहादुर अमात्य, केवी गुरुङ, दिवांनसिंह राई, योगेन्द्रमान शेरचन, जगतप्रकाश जंग शाह, रामनाराण मिश्र, संवन्धी सोधात्मक सामाग्री प्रकाशित गरिएको थियो । पुस्तकको विमोचन २०७६ साल पौष १६ गते ४६ औैँ मेलमिलाव दिवशमा विमोचन गरिएको थियो । पुस्तकको दोस्रो भागमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने महिलाहरुलाई प्राथमिकतामा राखेर पुस्तक तयार गर्न लागिएको छ । यसबारे विस्तृतमा अर्को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने महासचिव चन्दले जानकारी दिनुभयो ।
 
यसैबीच, आइतबारको बैठकले ७७ वटै जिल्लाका नेपालको प्रजातान्त्रिक आन्दोलनका वीर योद्धाहरु को प्रोफाइल तयार गरी प्रकाशित गर्ने निर्णय समेत गरेको छ । त्यसको लागि वीपी विचार राष्ट्रिय समाजका ७७ वटै जिल्लाका जिल्ला सभापतिहरुलाई जिम्मेवारी दिइएको महासचिव चन्दले बताउनुभयो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button