समाचार

सुनको मूल्यले बनायो नयाँ किर्तिमान,तोलाको ८० हजार नाघ्यो

१२ फागनु
नेपाली बजारमा सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । आज तोलामा १५ सय रुपैयाँ बढेर हालसम्मकै उच्च ८० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । चीनलगायतका देशमा कोरोना भाइरस फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ आकासिएको महासंघअन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो । यस्तै चाँदीको मूल्य पनि आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button