breakingसमाचार

सत्तारुढ सांसदद्धारा आफ्नै पार्टीका नेताको आलोचना, ब्यक्तिगत स्वार्थमा लागेको आरोप

१५ फागुन
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै सांसदले आफ्ना पार्टीका नेताहरु व्यत्तिगत स्वार्थमा लागेको भन्दै नेतृत्वलाई सचेत गराएका छन् । राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा बोल्दै नेकपाका सांसद खिमलाल भट्टराईले नेकपा स्वयंको व्यवहारका कारणले राजनीतिक स्थायित्वमाथि नै प्रश्‍न जन्मने अवस्था उत्पन्न भइरहेको भन्दै त्यसतर्फ नेताहरुको ध्यानाकर्षण गराउनुभएको हो ।
एकाध घटनाबाहेक सरकारले आमरुपमा राम्रा कामहरुको सम्पादन गरेको भएपनि त्यसको सम्प्रेषण हुन नसकेको तथा गरीब निमुखा जनताको असल अभिभावक बनेर सरकार उभिनु गौरवको विषय भएपनि केही घटनाका कारण राजनीतिक स्थायित्वमाथि प्रश्‍न उब्जिएको भन्दै नेताहरुलाई सचेत हुन आग्रह गर्नुभयो ।
उहाँले बालुवाटार जग्गा प्रकरण अख्तियार र सरकारको काम कारवाहीको बचाउ गर्नुभयो । आर्थिक सामाजिक रुपान्तरणमा केन्द्रित भएर सरकार अगाडि बढेको भन्दै उनले केही तथ्यांकको सूची पनि प्रस्तुत गर्नुभयो । पूर्वाधार विकासमा देशले चमत्कारिक प्रगति गरेको उल्लेख गर्दै उनले सडक, विमानस्थल निर्माण, धार्मिक स्थलहरुमा भएको पूर्वाधार विकास तथा पर्यटन विकासमा सरकार दिलोज्यानले लागि परेको दाबी गर्नुभयो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button