विश्व

भारतमा हिंसात्मक झडपमा मृत्यु हुनेको संख्या ३८ पुग्यो

१६ फागुन
भारतको नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण मृत्युहुनेको सङख्या ३८ पुगेको छ । झडपमा करीब २०० जना घाइते भएका छन् । हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौं दङ्गा प्रहरी र अर्ध सैनिक बल परिचालन गरिएको छ । जिटीबी अस्पतालका निर्देशक सुनिल कुमारका अनुसार अस्पतालमा ३० जनाको मृत्यु भएको हो । लोक नायक अस्पतालका मुख्य चिकित्सकले आफ्नो अस्पतालमा २ जनाको मृत्यु भएको बताएका छन् । मृत्यु हुने सबैलाई बन्दुकको गोली लागेको जनाइएको छ । विवादास्पद नागरिकता कानुनलाई लिएर तीन महिनादेखि देशैभर विरोध प्रदर्शन भइरहेको छ ।

nema
Show More

Related Articles

Back to top button