विश्व

कोरोना भाइरसको संक्रमण बढन थालेपछि १ करोड ६० लाख मानिसलाई क्वारेण्टाइनमा राख्ने इटलीको तयारी

२५ फागुन÷ कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण एकाएक बढन थालेपछि ईटालीले झण्डै १ करोड ६० लाख मानिसलाई क्वारेण्टाइनमा राख्ने तयारी गरेको छ । ईटालीको लोम्बाडीसहित उत्तरका ११ प्रान्त र पूर्वी क्षेत्रका मानिसलाई क्वारेण्टाइनमा राख्न लागिएको बीबीसीले जनाएको छ ।
 
अप्रिल महिनाको पहिलो सातासम्म सबैजना अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्नेछ । यस्तै मानिसको जमघट हुने सभा सम्मेलन, जीम, पूल, सङग्रहालय र स्की रिसोर्ट लगायतका क्षेत्रलाई अनिश्चित कालका लागि बन्द गरिएको छ । ईटालीमा भाइरसका कारण अहिले सम्म २ सय ३० जनाको मृत्यु भइसकेको छ । गएको २४ घण्टामा मात्र ५० जनाको मृत्यु भइसकेको छ भने ५ हजार ८ सय ८३ जना सङ्क्रमित भेटिएका छन् ।

nema
Show More

Related Articles

Back to top button