अन्तर्वार्ता

तराईका जिल्लाहरुमा आज होली मनाइँदै

२७ फागुन, काठमाडौैँ÷ रंङहरुको पर्व फागु अर्थात होली आज तराईका जिल्लाहरुमा मनाइदैछ । तराईका जिल्लामा पूर्णिमाको भोलीपल्ट मात्रै होली मनाउने परम्परा छ । काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा भने हिजो पूर्णिमाको दिन नै होली पर्व धुमधामका साथ मनाइएको थियो । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकापसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर शुभकामना साटासाट गरी मनाउने गरिन्छ ।
 
यस पर्वलाई असत्यमाथि सत्यको जीतका रुपमा पनि व्यख्या गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।
 
तराईका धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, सिरहा, सप्तरी, झापा, मोरङ, सुनसरी, बाँके, बर्दिया, कैलाली लगायतका जिल्लामा आज बिहानैदेखि होली मनाउनेहरुको चहलपहल बढेको छ । होली पर्वलाई संयमित बनाउन सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । कोरोना भाइरस संक्रमण त्रासका कारण सरकारले यो वर्ष समुहमा जम्मा भएर होली मनाउन निषेध गरेको छ । पर्वका अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

nema
Show More

Related Articles

Back to top button