समाचारविश्व

कोरोना सन्त्रास ः आगामी अप्रिल १५ सम्म सबै भिसा रद्ध गर्ने भारतको निर्णय

२९ फागुन, काठमाडौैँ÷ कोरोना भाइरसको प्रकोप फैलिदै गएपछि भारतले आगामी अप्रिल १५ सम्म सबै भिसा रद्ध गर्ने निर्णय गरेको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले हिजो विश्वव्यापी महामारीको घोषणा गरेसँगै भारतले आगामी अप्रील १५ सम्म भिसा रद्ध गर्ने निर्णय गरेको हो ।
राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसाको हकमा भने यो व्यवस्था लागु नहुने जनाएको छ । गैरआवाशीय भारतीय कार्डधारीलाई निःशुल्क यात्रा भीसा दिदै आएकोमा त्यो पनि एक महिनाका लागि रद्द गरिएको छ । यस्तै १५ मार्चपछि चीन, इटली, इरान, कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट भारत आउने सबै यात्रुलाई १४ दिन क्वारेन्टाइनमा राखिने जनाएको छ ।
भारतमा हालसम्म ६० जनालाई भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये अधिकांश भारत प्रवेश गरेका विदेशी र विदेशबाट भारत पुगेका भारतीय नागरिक रहेका छन् ।

nema
Show More

Related Articles

Back to top button