समाचार

प्रधानमन्त्री ओलीको आज डिस्चार्ज हुने सम्भावना, स्वास्थ्य उल्लेख्य सुधार

३० फागुन,काठमाडौैँ÷ मृगौला प्रत्यारोपण गराउनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उलेख्य सुधार देखिएको छ । एक साता अघि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मृगौला प्रत्यारोपण गराउनु भएका उहाँको स्वास्थ्य अपेक्षाकृत सुधार भइरहेको उपचारमा संलग्न चिकित्सहरुले बताएका छन् ।
स्वास्थ्यमा कुनै उतारचढाव नआए प्रधानमन्त्री ओलीलाई आज साँझसम्म डिस्चार्च गर्न सकिने बताइएको छ । प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणका नतिजा सामान्य र सुधारोन्मुख रहेको अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेम कृष्ण खड्गाले जानकारी दिनुभयो । प्रधानमन्त्रीको भाइटल तथा ल्याब सूचक राम्रो अवस्थामा रहेको अस्पतालले जनाएको छ । उहाँले आईसीयूमै नियमित व्यायाम समेत गर्दै आउनु भएको छ । १२ वर्ष अघि प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न छाडेपछि गत फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीलाई चिकित्सक सहितको निगरानीमा बस्न प्रधानमन्त्री निवास बालुवाटारमा आवश्यक व्यवस्थापन गरिँदैछ । आज डिस्चार्ज गरिएपनि उहाँले सामन्य अवस्थामा काम गर्न ६ महिनादेखि एक वर्ष लाग्ने उपचारमा संलग्न चिकित्सहरुले बताएका छन् । प्रधानमन्त्री अस्वस्थ रहेपछि मन्त्रीपरिषदको काम कारबाही समेत प्रभावित बनेको छ ।

nema
Show More

Related Articles

Back to top button