समाचार

गाँजा खेतीलाई कानुनी मान्यता दिन काँगे्रस नेता शाहको माग

२ चैत, काठमाडौैँं÷ नेपाली काँगे्रसका नेता ऋषिकेशजंग शाहले सरकारले गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने बताउनुभएकोे छ । गाँजा सामाजिक, सांस्कृति तथा आर्थिक रुपले महत्वपूर्ण वनस्पती रहेकाले संसदबाट यसलाई बैधानिक बनाउनुपर्नेमा उहाँको जोड छ ।
विश्व स्वास्थ्य संगठन तथा आधुनिक चिकित्सा विज्ञानले समेत गाँजालाई महत्वपूर्ण वनस्पतीको रुपमा ब्याख्या गरेको उहाँको तर्क छ । तर लागुऔषधका रुपमा यसलाई सिफारिस गर्न नहुने नेता शाहले उल्लेख गर्नुभयो ।
रेडियो अन्नपूर्ण नेपालको कार्यक्रम मूलप्रवाहमा कुराकानी गदै उहाँले सभापति शेरबहादुर देउवा पनि गाँजा खेतीलाई बैधानिक दिन सकारात्मक रहेको जानकारी दिनुभयो ।

nema
Show More

Related Articles

Back to top button