समाचार

डीभी र गैर आप्रवासी भिसाका नियमित अपोइन्टमेन्ट अनिश्चितकालका लागि स्थगित

३ फागुन, काठमाडौैँ÷ नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डीभी) र गैर आप्रवासी भिसाका नियमित अपोइन्टमेन्ट अनिश्चितकालका लागि स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वव्यापी रूपमा फैलिएपछि त्यसको रोकथामका लागि यस्तो निर्णय लिनु परेको दूतावासले जनाएको छ । दूतावासले सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका भोलीदेखि लागु हुनेगरी डीभी तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्ट रद्द गरेको जानकारी गराएको हो । सूचनामा जतिसक्दो चाँडो भिसा सेवा पुनःसञ्चालन गर्ने तर अहिले नै समय तोक्न भने नसकिने उल्लेख छ । यसअघि बुझाएको मेसिन रिडेबल भिसा (एमआरभी) शुल्क भने एक वर्षसम्मका लागि मान्य हुने दूतावासले जनाएको छ । कुनै आपतकालीन अवस्था भए तत्काल दूतावासमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । साथै तोकेको मापदण्ड अनुसार आपतकालीन अपोइन्टमेन्टका लागि आवेदन गर्न सकिने पनि सुचनामा उल्लेख गरिएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button