breakingसमाचार

सत्ताधारी पार्टीमा नेताहरुको देवत्वकरण त भैरहेको छैन ? : जितेन्द देव

३ फागनु, काठमाडौैँ÷ राष्ट्रियसभा सदस्य जितेन्द्र देवले सत्ताधारी पार्टीमा नेताहरुको देवत्वकरण त भइरहेको छैन भन्ने प्रश्न गर्नुभएको छ । आज राष्ट्रियसभाको बैठकमा सांसद देवले व्यक्ति पूजा गर्ने प्रवृत्तिले देशलाई दुर्घटनातिर लैजाने बताउनुभयो ।
 
भर्खरै परम्परावादी शक्ति राप्रपामा एकता भएको र आफूलाई आधुनिक भन्ने साझा पार्टीले संघीयता र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने माग अघि सारेको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । कांग्रेस नेतासमेत रहनुभएका देवले संविधान घोषणाको बेलादेखि नै केही शक्तिले विमति राखेको तर उनीहरु अग्रगामी शक्ति भएको भन्दै संविधान संशोधन गरेर उनीहरुलाई पनि साथमा लैजाने वातावरण बनाउन माग गनुभयो ।
 
उहाँले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा भने पार्टीको जोडघटाउका लागि राष्ट्रपतिबाट मनोनित गर्ने राष्ट्रियसभा सदस्यको संख्या बढाउन संविधान संशोधन गर्ने बहस भइरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button