समाचार

विराटनगरको कोसी अस्पतालमा ६ शैयाको आइसोलेसन वार्ड तयार

५ फागुन, काठमाडौैँ÷ विराटनगरस्थित कोसी अस्पतालमा ६ शैयाको आइसोलेसन वार्ड तयार गरिएको छ । कोरोना भाइरस कोभिड १९ संक्रमणको आशंका गरिएका बिरामीलाई विषेश निगरानीमा राखेर उपचार गराउन अस्पतालमा आइसोलेसन वार्ड तयार गरिएको हो । प्रदेश सरकारको सहयोगमा कोसी अस्पतालमा ६ शैयाको आइसोलेसन वार्ड तयार गरिएको अस्पतालका डा डेनप्रसाद आर्चायले बताउनुभयो ।
 
उहाँका अनुसार तीनवटा कोठामा दुई –दुई वटा वेड गरी १२ जनासम्म बिरामी राखेर उपचार गर्न मिल्ने गरी आइसोलेसन वार्ड तयार गरिएको जानकारी दिनुभयो । जसकालागि छुटै १० जनाको चिकित्सको टिम उपचारमा खटिने छन् ।
 
प्रदेश १ सरकारले दुई साताअघि कोरोनाका शंकास्पद बिरामीलाई ‘आइसोलेसन वार्ड’ मा राखेर उपचार गर्न कोसीसहितका चार वटा अस्पतालमा आइसोलेसन वेड तयार गर्ने घोषणा गरेको थियो । जसमा कोसीसहित नोवेल शिक्षण अस्पताल, विराट मेडिकल कलेज र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी २८ शैयाको आइसोलेसन वार्ड तयार गर्ने घोषणा गरेको थियो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button