breakingसमाचार

पार्टीभित्रको असमझदारीको समाधान नगरि क्रियाशिल सदस्यता नविकरण र वितरण सुरु भएको प्रति तनहुँ काँग्रेस कार्यकर्ताको ध्यानाकर्षण

६ फागुन, काठमाडौैँ÷ नेपाली काँगे्रस तनहुँका केही महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, क्षेत्रीय प्रतिनिधिहरु र वडा सभापतिहरुको दमौलीमा हिजो भएको विशेष भेलाले अहिले तनहुँमा नेपाली काँगे्रस पार्टी गम्भिर रुपमा समस्याग्रस्त भएको र पार्टीभित्र भएको असमझदारी र असहमतिको समाधान नगरि क्रियाशिल सदस्यता नविकरण र नयाँ वितरण गर्ने कार्य सुरु हुन लागेकोमा आफूहरुको ध्यान आकर्षण भएको बताएका छन् ।
 
तनहुँमा महासमिति सदस्य, शहीद पत्नी बालकुमारी लोहनी, र माओवादी द्धन्दकालमा अपांग बनाइएका चिक्त बहादुर थापा , लगायतका धेरै नेपाली काँगे्रसका नेताहरुलाई बन्चित गरी वितरण गर्न लागिएको नेपाली काँग्रेसको क्रियाशिल सदस्यता वितरण कार्यक्रम षडयन्त्रपूर्ण हो भन्ने उनीहरुले ठहर गरेका छन् । त्यसैले तनहुँ जिल्लाका सबै वडा सदस्यहरुलाई तनहुँ जिल्लाको समस्या, राजनीतिक समस्या भएको र , राजनीतिक समस्याको समाधान राजनीतिक किसिमबाट गर्न सम्बन्धित निकायको ध्यानआकृष्ट गदै सो नहुँदासम्म सदस्य नविकरण र वितरण कार्यक्रम स्थगन गर्नका लागि अनुरोध गर्ने निर्णय गरेका हुन ।  तनहुँ काँगे्रसका पुराना नेता डिल्लीराम अधिकारीको सभापतित्वमा भएको विशेष भेलामा जिल्लाका वरिष्ठ नेता एवं कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको बुझिएको छ ।

nema
Show More

Related Articles

Back to top button