breakingसमाचारविचार

प्रजातन्त्र सेनानी सुर्य प्रसाद रेग्मीको निधनप्रति वीपी विचार राष्ट्रिय समाज दुःखीत

 
 
वी.पी. विचार राष्ट्रिय समाजका सभापति एवं नेपाली कांग्रेसका पुर्व महामन्त्री श्री कुल वहादुर गुरुड. र सहसभापति एवं नेपाली कांग्रेसका पुर्व सह महामन्त्री श्री गोविन्द राज जोशीले नेपाली कांग्रेस स्याडजाका नेता एवं नेपालको प्रजातान्त्रीक आन्दोलनका एक योद्धा सुर्य प्रसाद रेग्मीको निधन भएकोमा दुख व्यक्त गर्दै समवेदना दिनु भएको छ । उहाहरुले समवेदनामा भन्नु भएको छ सुर्य प्रसाद रेग्मीको निधनको समाचारले हामिलाइ अत्यन्त दुखित वनाएको छ । स्व. रेग्मीले विभिन्न कालखण्डमा जेल र निर्वासित जीवन विताउनुका साथै पार्टी संगगठनमा उहाँले अत्यन्त सक्रिय भूमिका निर्वाह गर्नु भएको कुरालाई कसैले विर्षन सक्दैन । उहाको निधनले नेपाली कांग्रेसले एक सच्चा र इमान्दार नेता गुमाएकोछ । स्याङ्गजाका अग्रज एवं शालिन नेता सूर्य प्रसद रेग्मीको निधनको खबरले हामि अत्यन्त दुःखीत भएका छौ । उहाँले नेपालको प्रजतान्त्रिक आन्दोलन र पार्टी संगठनमा पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ । साथै उहाँको आत्माको चीर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौ ।”

nema
Show More

Related Articles

Back to top button