breakingसमाचार

मेडिकल सामाग्री खरिद प्रकरणमा ढाकछोपको प्रयत्न भैरहेको कांग्रेस सभापति देउवाको आरोप

२१ चैत्त, काठमाडौैँ
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मेडिकल सामग्री खरिद प्रकरणकाबारेमा निष्पक्ष अनुसन्धान गर्न ढिलो गरिएको र ढाकछोप गर्ने प्रयत्न भइरहेकोे भन्दै आपत्ति जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले यो प्रकरणको निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्न खोजिएको, ढाकछोप गर्ने प्रयत्न भइरहेकोे एवं समाचार लेख्ने र बोल्नेलाई हतोत्साहित गर्न खोजिएको विषयलाई गम्भीरतापूर्वक लिएको बताउनुभएको छ ।
 
नेपाली कांग्रेसले कोरोना सचेतना र सहयोग क्रममा आफ्ना धारणा, सुझाब र अपिल नियमित रूपमा सार्वजनिक गर्दै आएको उल्लेख गर्दै उहाँले मेडिकल सामग्री खरिद प्रकरणमा पनि पार्टीको धारणा सार्वजनिक भइसकेको बताउनुभयो । अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शिता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वस्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिदजस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनै पनि दृष्टिले माफीयोग्य नरहेको कांग्रेसको ठहर छ ।
 
ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारबाही प्रक्रियालाई सघाउन देउवाले प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ । लकडाउनको प्रतिकूल अवस्थाका बाबजुद सञ्चारमाध्यमले क्षमताले भ्याएसम्म सूचना सम्प्रेषण र सचेतनाको कार्य गर्दै आएको उल्लेख गर्दै देउवाले यस्तो बेला राज्यको चौथो अंगलाई विशेष रुपले कदर र प्रोत्साहित गर्नुपर्नेमा हतोत्साहित गर्न खोजिनु दुःखद रहेको विज्ञप्तिमा उल्लेख गनर््भएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button