breakingसमाचार

नेपाल विद्यार्थी संघले यसरी मनायो ५१ औैँ स्थापना दिवस

६ बैशाख , काठमाडौैँ
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आज ५१औँ स्थापना दिवस मनाएको छ । संघको केन्द्रीय, जिल्ला र क्याम्पस इकाई समितिहरुले आ आफ्नो क्षेत्रमा डेरा गरेर बसेका विद्यार्थीहरुलाई राहत बाडेर स्थापना दिवस मनाइएको महामन्त्री युवराज पाण्डेले जानकारी दिनुभयो । उहाँले अल्पत्र परेका विद्यार्थीहरुलाई सरकारले सहयोग गर्न वेवास्ता गरिरहेकाले सरकारलाई दवाव दिन र सांकेतीक तथा सन्देशका रुपमा राहत वितरण गरिएको उहाँको भनाई छ ।
 
त्यस्तै सामाजिक सन्जालमार्फत कोरोनाविरुद्ध जनचेतना फैलाउने, रक्तदान कार्यक्रम गर्ने, संघका नेता, कार्यकर्ता, मातहतका निकाय तथा मातृ पार्टीसँग भिडियो बैठक तथा अन्तरक्रिया समेत गरिएको छ । विसं २०२७ वैशाख ६ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला काठमाडौंको स्वयम्भूस्थित सत्तलमा सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेविसंघको स्थापना भएको थियो । त्यसयता नेविसंघले वैशाख ६ गतेलाई आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

nema
Show More

Related Articles

Back to top button