breakingसमाचारनेपाली कांग्रेस

कांग्रेस सभापति देउवाले दिए प्रधानमन्‍त्री ओलीलाई एक ‘धन्यवाद’ ६ सुझाव

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजवादी पार्टीका सांसद एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउनेहरुलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गर्नुभएको छ । आज अपराह्न बालुवाटारमा भएको भेटमा देउवाले निष्पक्ष अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न माग गर्नुभएको हो ।
 
समाजवादीका नेताहरुले सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआईजीपी सर्वेन्द्र खनालले यादवलाई जबर्जस्ती काठमाडौं ल्याएर होटलमा बन्दी बनाएको बताएका छन् । देउवाले दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याएको भन्दै ओलीलाई धन्यवादसमेत दिएको कांग्रेसले जनाएको छ । कोरोनाको जोखिमसँग लडिरहँदा अब बिवादका कुरा नल्याउन देउवाले ओलीलाई सुझाव दिनुभएको थियो । यसैगरी स्वास्थ्यकर्मीहरुलाई पीपीई लगायतका सामग्री यथाशीघ्र र्पुयाउन आग्रह गर्नुभएको छ ।
 
देउवाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट समस्यामा परेकाहरुलाई सरकारले घोषणा गरेको राहत अधुरो भएको र लक्षित वर्गसम्म नपुगेको भन्दै ओलीको ध्यानाकर्षण गराउनुभएको थियो ।
 

 
 
 
 

nema
Show More

Related Articles

Back to top button