breakingसमाचार

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय ५८ पुग्यो

२ जेठ, २०७७ काठमाडौ
नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज विहान सार्वजनिक गरेको तथ्यांकामा थप नौ जनामा संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा मकवानपुरका ३७ वर्षीय पुरुष र भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ८ जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयका सह—प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
योसँगै कोरोना संक्रमितको संख्या २५८ पुगेको छ । नेपालमा कोरोनाको संक्रमण २३ जिल्लामा फैलिएको छ । प्रदेश १ का तीन जिल्ला, प्रदेश २ का सात जिल्ला, बागमती प्रदेशका ४ जिल्ला, गण्डकी प्रदेशका २ जिल्लामा यसको संक्रमण देखिएको छ । यस्तै प्रदेश पाँचका पाँच जिल्ला र सुदूरपश्चिमका दुई जिल्लामा यसको संक्रमण देखिएको हो ।
 
उपचारपछि निको भएर घर फर्किनेको संख्या ३६ पुगेको छ । संक्रमितहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button