breakingसमाचार

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमण हुनेको संख्या ३ सय ४ पुग्यो

५ जेठ, काठमाडौैँ
नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रमितको संख्या ३०४ पुगेको छ। आज देखिएका संक्रमित रौतहट र बाराका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सोमबार संक्रमण पुष्टि भएकाहरुमा रौतहटका ८ जना र बाराका एक जना रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो। काठमाडौंमा गरिएको परीक्षणमा रौतहटमा पुष्टि भएका सबै पुरुष र बारामा एक महिलामा संक्रमण देखिको हो।
कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई पुगेको छ। कुल संक्रमित ३ सय चार मध्ये हालसम्म ३६ जना डिस्जार्च भएका छन्। अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रलायले जनाएको छ।

nema
Show More

Related Articles

Back to top button