breakingसमाचार

नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुग्यो,डिस्चार्ज हुनेको संख्या ४५

७ जेठ, काठमाडौैँ
नेपालमा आज एकै दिन २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकेमा ६ जना, धनकुटामा ५ जना, कपिलबस्तुको विजयनगर र महाराजगञ्ज गाउँपालिकामा रहेका कुल १३ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका ५ का २६ बर्षिय परुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । उनी बेल्बानी क्वारेन्टाइनमा बसिरहेका प्रवक्ता देवकोटाले जानकारि दिनुभएको छ । कोसी अस्पतालमा उपचाररत उदयपुरका ८ जना अस्पतालबाट डिस्चार्ज भएको डाक्टर देवकोटाले जानकारी दिनुभयो । यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ , २ जनाको मृत्यु भएको छ भने ४५ जना उपचारपछि नीको भएर घर फर्किएका छन् ।
रुपन्देहीस्थित क्रिमसन अस्पतालमा रहेका गुल्मीका कोरोना पोजेटिभ बिरामीको गम्भिर भेन्टिलेटरमा राखेर अवस्थामा उपचार भैरहेको प्रवक्ता देवकोटाले बताउनुभयो । त्यस्तै उहाँले स्वइच्छाले कोरोना परिक्षण गराउन चाहनेहरुका लागि सार्वजनिक अस्पतालहरुमा गएर पीसीआर विधिबाट गरिने परिक्षण खुल्ला गरिएको बताउनुभयो । परिक्षणको शुल्क भने मन्त्रालयले एकरुपता हुने गरि तय गरिने उहाँले बताउनुभयो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button