breakingसमाचार

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ५१६ पुग्यो

९ जेठ, काठमाडौैँ
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आज साँझ थप ९ जनामा संक्रमण पुष्टि हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा भक्तपुरका ४२ वर्षीय पुरुष, मकवानपुर हेटौंडा(३ का ५४ वर्षीया महिला, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान ३५ वर्षीय पुरुष र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा बारा सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ पुरुषमा कोरोना देखिएको बताइएको छ । यसअघि आज बिहान ३० जना, दिउँसो २० र साँझ ९ गरेर ५९ जनामा एकै दिन कोरोना पोजिटिभ पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
 
नेपालमा हालसम्म कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ भने ७० जना उपचारपछि नीको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।
 
कोरोना संक्रमणलाई हल्ला रुपमा नलिन आग्रह गदै चुनौतिका दिन अझै बाँकी रहेको उहाँले बताउनुभयो ।

nema
Show More

Related Articles

Back to top button