breakingसमाचारनेपाली कांग्रेस

पूर्वराज्यमन्त्री दुर्योधनसिँह थारु चौधरीको निधनप्रति वीपी विचार राष्ट्रिय समाज दुःखीत

९ जेठ , काठमाडौैँ
पूर्व राज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता दूर्योधनसिंह थारु चौधरीको निधन भएको छ । पूर्व राज्यमन्त्री चौधरीको ७० वर्षको उमेरमा शुक्रबार निधन भएको हो । कांग्रेस नेता चौधरीको वुटवलस्थित गौतम वुद्ध सामुदायिक मुट अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले बताएको छ । चौधरी २०४८, २०५१ र २०५६ सालको संसदीय निर्वाचनमा रुपन्देही १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । रुपन्देहीबाट संसदमा ३ कार्यकाल प्रतिनिधित्व गर्नुभएका चौधरी स्थानीय विकास राज्यमन्त्री, आपूर्ति सहायक मन्त्री र महिला तथा सामाजकल्याण सहायक मन्त्री बन्नुभएको थियो ।
 
२०२८ सालमा भारतको वनारसबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गर्नुभएका चौधरीका दुई पत्नी, तीन छोरा र एक छोरी रहेका छन् । उहाँको निधनप्रति वीपी विचार राष्ट्रिय समाजले दुःख ब्यक्त गरेको छ । समाजका सभापति कुलबहादुर(केवी) गुरुङ तथा सहसभापति गोविन्दराज जोशीले शोक वक्तब्य जारी गरि गहिरो दुःख ब्यक्त गर्नुभएको हो । ‘नेपाली कांग्रेस रुपन्देहीका अग्रज नेता एवं पूर्व राज्यमन्त्री दूर्योधन सिंह थारु चौधरीको निधनको खबरले मलाई अत्यन्त दुःखी बनाएको छ’ शोक वक्तब्यमा भनिएको छ ।
‘स्वर्गीय चौधरीले नेपाली कांग्रेसको संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ र अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौैँ । साथै, उहाँको आत्माको चीर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछौैँ—शोक वक्तब्यमा भनिएको छ ।
उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व राज्यमन्त्री चौधरीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button