समाचार

कोरोना संक्रमित भाग्न थालेपछि बाँकेको नरैनापुर निषेधित क्षेत्र,सेना परिचालन

११ जेठ, काठमाडौैँ
कोरोना भाइरस संक्रमित भाग्न थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले राति ८ बजेबाट निषेधित क्षेत्र लागु गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो । नरैनापुरमा कुल ११४ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु मध्ये एक जना संक्रमितको मृत्यु भएको छ ।
कोरोना संक्रमण नियन्त्रणमा समुदायको पर्याप्त साथ सहयोग नभएपछि निषेधित क्षेत्र घोषणा घोषणा गर्नु परेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । स्थिति नियन्त्रण बाहिर गएको भन्दै गाउँपालिकाले हिजो मात्र सेना परिचालन गर्न माग गरेको थियो ।

nema
Show More

Related Articles

Back to top button