breakingसमाचार

काँगे्रस केन्द्रीय समिति बैठक शनिवार बस्ने,संविधान संशोधनको विषय प्राथमिकतामा

१५ जेठ, काठमाडौैँ
प्रमुख प्रतिपक्षी दल कांग्रेसको केन्द्रीय समिति बैठक शनिबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावबारे छलफल हुनेछ ।
पार्टीका मुख्यसचिवले छलफलमा भाग लिन केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थित हुन भनिएको छ । संविधान संशोधनको विषय र कार्यसमिति बैठकबारे कांग्रेसले आज दिउसो २ बजे पार्टी कार्यालमा पत्रकार सम्मेलन पनि गर्ने भएको छ ।
सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानको अनुसूचिमा समावेश गर्नका लागि संविधान संशोधन गर्न सरकारले संसदमा प्रस्ताव दर्ता गराएको छ । संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक पर्छ ।

nema
Show More

Related Articles

Back to top button