breakingसमाचार

प्रतिनिधिसभामा आज संविधान संशोधन विधेयक पेश हुँदै, काँगे्रसको समर्थन

१८ जेठ, काठमाडौैँ
प्रतिनिधिसभाको आजको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने तयारी गरेको छ । विहान ११ बजे बस्ने पछि बस्ने बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । नेपालको नक्शामा उल्लेखित अन्तर्रा्ष्ट्रिय सिमानासँग सम्बन्धित निशाना छाप परिवर्तन गर्न सरकारले संविधान संशोधन गर्न लागेको हो ।
उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित गराउन सरकारले सबै दलसँग आग्रह गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय समितिबाटै निर्णय गराई संविधान संशोधन विधेयकमा समर्थन गर्ने निर्णय गरेको छ । हिजो बसेको कांग्रेस केन्द्रीय समितिले संशोधनमा समर्थन गर्ने निर्णय गरेको थियो । राजपाबाहेक संसदमा रहेका सबै दलले संविधान संशोधनमा समर्थन जनाउने निश्कर्ष निकालेका छन् । गत जेठ १४ गते नै संसदमा विधेयक प्रस्ताव गर्ने कार्यसूची सार्वजनिक गरेपनि सरकारले पछी कार्यसूचीबाट हटाएको थियो ।
दलहरुको समर्थन जुटाउनकै लागि प्रधानमन्त्रीले गत मंगलबार सर्वदलीय बैठक बोलाउनुभएको थियो । लिम्पियाधुरा, कुटी, गुञ्जी, नाबी, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्शा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो । सरकारले संविधान संशोधन विधेयक जेठ ९ गते संसद सचिवालयमा दर्ता गराएको थियो । त्यसअघि जेठ ५ गते मन्त्रिपरिषद बैठकले नयाँ नक्शा पारित गरेपछि दुई दिनपछि भूमि व्यवस्था मन्त्रालयले उक्त नक्शा सार्वजनिक गरेको थियो ।

nema
Show More

Related Articles

Back to top button