breakingसमाचार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुग्यो, संक्रमितको संख्या २६ सय २९

२२ जेठ, काठमाडौैँ
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया बिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पाल्पाको पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय
पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको बताउनुभयो ।
 
यस्तै नेपालमा आज थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । आज संक्रमित भएका मध्ये विराटनगरमा एक, वीरगन्जका एक, बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा १८ , प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, हेटौंडामा गरीएको परीक्षणमा ९, पोखराको प्रयोगशालामा परीक्षणमा १६, सेती प्रादेशिक अस्पतालको परीक्षणमा तीन, भेरी अस्पतालको परीक्षणमा ४२, धुलिखेल अस्पतालको परीक्षणमा १७, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान १५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान १०६, कोसी अस्पतालमा ५, प्रादेशिक अस्पताल सुर्खेत आठ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु ९३ जना गरेर तीन सय ३४ जनामा कोरोना पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय २९ पुगेको छ । जसमध्ये पुरुष दुई हजार चार सय ५० छन् भने महिला १८४ जना छन ।
यसैबीच
आज पीसीआर विधिबाट ८४ हजार एक सय ३४ र आरडीटी विधिबाट एक लाख २५ हजार पाँच सय ६४ को नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार आठ सय ६७ र आरडीटी विधिबाट पाँच हजार एक सय ८५ जनाको नमुना परीक्षण गरिएको छ । १ लाख ६१ हजार २६२ जना आज क्वारेन्टाइनमा रहेका छन् ।

nema
Show More

Related Articles

Back to top button