breakingसमाचार

आगामी आथिक बर्षको विनियोजन विधेयक बमुमतले पारित

२८ जेठ, काठमाडौैँ
आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि सरकारले पेश गरेको विनियोजन विधेयक २०७७ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले पारित गरियोस् भनि प्रस्ताव गर्नुभएको विद्येयकलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो । आजै बसेको राष्ट्रिय सभामा बैठकले प्रतिनीधिसभाबाट सन्देश सहित प्राप्त विनीयोजन विधेयक पेश भएको छ ।
प्रतिनिधि सभाबाट बहुमतले पारित भएको बजेट राष्ट्रिय सभाले पनि पारित गर्नुपर्ने प्रावधान अनुसार राष्ट्रियसभामा पनि मन्त्रालयगत शीर्षकमाथि छलफल हुनेछ । सम्बन्धित मन्त्रीले जवाफ दिएपछि बजेट पारित हुनेछ । संघीय संसदका दुबै सदनबाट पारित भएपछि नयाँ आर्थिक वर्षबाट बजेट खर्च गर्न सरकारलाई बाटो खुल्नेछ ।
आजकै प्रतिनीधि सभाबाट केही अध्यादेश खारेज गरि नेपाल ऐनको साविकको ब्यबस्था जगाउन बनेको अध्यादेशलाइ प्रतिस्थापन गर्ने विधेयक २०७७ माथी विचार गरियोस् भन्ने प्रस्ताव सर्वसहमतीले स्विकृत भएको छ । राष्ट्रिय सभाको आजको बैठकले प्रत्यायन विधेयक दफावार छलफलका लागि विधायन ब्यबस्थापन समितिमा पाठाइयोस भन्ने प्रस्ताव सर्वसहमतीले सवीकृत भएको छ । राष्ट्रिय सभाको अर्को बैठक भोली बिहन ११ बजे बस्नेछ भने प्रतिनीधि सभाको बैठक ३१ गते दिउँसो १ बजे बस्ने छ ।

nema
Show More

Related Articles

Back to top button