breakingसमाचार

थप २७९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४३६४ पुग्यो

२८ जेठ, काठमाडौैँ
नेपालमा आज थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगैँ नेपालमा संक्रमितको संख्या चार हजार तीन सय ६४ पुगेको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमका अनुसार आज संक्रमित भएका मध्ये २५७ पुरुष र २२ जना महिला रहेका छन् ।
प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ९ जना, कोसी अस्पतामा ५ जना, भरतपुर अस्पतालमा गरिएको परिक्षणमा २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारि दिनुभयो । यस्तै पोखरा प्रयोगशालामा १ जना, जनकपुर प्रयोगशालामा २ जना, रुपन्देही प्रयोगशालामा ३७ जना, भेरी अस्पतालमा ४ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै सुर्खेत प्रयोगशालामा ३७ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा १६ जना, धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा २९ जना, शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालमा १६ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ११२ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै आज थप ९० जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । यो सगैँ कोरोना जित्नेको संख्या ६ सय ७४ पुगेको छ । नेपालमा हालसम्म १५ जनाको कारोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख १० हजार सात सय ४४ जनाको र आरडीटी विधिबाट एक लाख ७२ हजार आठ सय ८० को नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा एक लाख ७२ हजार दुई सय ६६ जना रहेका छन् भने तीन हजार ६ सय ७५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।

nema
Show More

Related Articles

Back to top button