breakingसमाचार

रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आउने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी सोमबार (२२ असार) देखि सञ्चालनमा आउने भएको छ । गत १५ माघदेखि बन्द रहेको नाका सोमबारदेखि सञ्चालनमा आउन लागेको हो ।
१० असारमा चीन र नेपालका अधिकारीबीच रसुवागढीस्थित मितेरी पुलमा भएको बैठकमा जुन महिनाभित्रै नाका खोल्ने सहमति भएको थियो । सोहीअनुरूप ६ महिनादेखि बन्द नाका सञ्चालन हुन लागेको हो । चिनियाँ पक्षले पूर्वसहमतिअनुसार सोमबारदेखि नाका खुल्ने जानकारी गराएको रसुवागढी भन्सार कार्यालयका भन्सार प्रमुख पुन्यविक्रम खड्काले बताए । स्वास्थ्य सतर्कता अपनाएर चीनबाट सामानहरू नेपाल आउनेछ । त्यसक्रममा पहिलो दिन चिनियाँ पक्षकै चारवटा गाडीमा एक सय २० टन सामान पठाउने जानकारी दिएको खड्काले बताए । शनिबारसम्ममा चिनियाँ पक्षकै तीनवटा गाडीमा सामान लोड भइसकेकोसमेत उनले बताए । लोड भएका सामग्रीहरूमा अधिकांश रेडिमेट सामान रहेको खड्काले बताए । ‘चिनियाँ पक्षले सोमबारदेखि नाका खुलाउने भनेका छन्, नेपाल सामान  पठाउन उनीहरूकै गाडीमा सामान लोड भइरहेको भन्ने जानकारी आएको छ,’ उनले भने, ‘अहिलेसम्म तीनवटा गाडीमा लोड भइसक्यो भन्ने जानकारी आएको छ ।’
बैठकमा चिनियाँ पक्षले नाका खोल्न १५ जना चालक र १५ जना लेबरको कोरोना परीक्षणको रिपोर्ट उपलब्ध गराउनुपर्ने माग गरेको थियो । नेपालले एक साताअघि नै कोरोना परीक्षणको रिपोर्टलगायतका कागजात चीनलाई पठाइसकेको छ । बैठकमा चिनियाँ पक्षले राखेको सर्तअनुसार नेपाल आउने सामान चीनले आफ्नै कन्टेनर, चालक र लेबर प्रयोग गरी मितेरी पुलसम्म ल्याइदिनेछ । सो स्थानमा अनलोड भएका सामान नेपाली कन्टेनर र  चालकले सम्बन्धित ठाउँसम्म पुऱ्याउनेछन् । तर, अनलोड भएको सामान लिन जाने चालक र सहयोगीको कोरोना परीक्षण अनिवार्य रहेको हुनुपर्ने चीनको सर्त थियो ।
स्राेतःनयाँ पत्रिका

nema
Show More

Related Articles

Check Also
Close
Back to top button