अन्तर्वार्तासाहित्य

 बिपी स्मृति

 
अाेज राज लाेहनी
लुकेन कहिल्यै झुकेन अनि त्यो कायर नभै वीर भो ।
सत्ता सम्पत्तिमा भुलेन कहिल्यै न मृत्युको पीर भो ।
धर्तीको अपमान गरेन कहिल्यै निराश नभै अन्त्य भो ।
मात्रै एक प्रतीक पुज्य छ सदा सच्चाइको युद्धको ।
पराईसँग त्यो झुकेन कहिल्यै शत्रु सङ्गै जोडियो ।
जहाँ राष्ट्र त्यहीँ समर्पित हुने उ वीर यौटै थियो ।
लड्यो देशमहाँ विसङ्गति सँगै बाँचेन परदेशमा ।
सम्झौता उसले गरेन कहिल्यै विना प्रजातन्त्रमा। ।
दक्षिण पन्थ र बाँम पन्थ बिचको बाटो अँगाली रह्यो ।
सत्यैको पथमा निरन्तर रह्यो छाडेर सत्यै गयो ।
मृत्युलाई सकारी ऊ अघि बढ्यो झ्यालखान स्वीकार गर्यो ।
स्वदेशी र विदेशी दुष्ट हरुको आखिर सेखी झर्यो ।
उस्कै कारण आज देश दुनियाँ भन्ने प्रजातन्त्र छ ।
महामानव विश्वेश्वर भनि यहाँ जप्ने एकै मन्त्रछ ।
सम्झन्छन् सबले र सादर यहाँ मन्ले बिपी भन्दछन ।
उन्कै वाद लिने भए खल सबै कस्ले बिपी जान्दछन।
मैले जानी हुँदैन केहि अहिले जान्ने हरु अन्ध छन् ।
धनैले पद मिल्छ यो भ्रम गढी सबका नजर बन्द छन्।
बेच्छन् नाम बिपीको छ काम अरु नै सारा खलनायक।
सप्रनन्न् कहिल्यै भनेर बुझियो कपूत नालायक ।
फेरी जन्म लिएर आउ तिमी नै भन्ने भयो भावना।
तिम्रो स्मृतिमा विशुद्ध मनले लेखेँ शुभकामना ।
 

nema
Show More

Related Articles

Back to top button