समाचार

सामुदायिक वनको नाङ्गो डाँडामा वृक्षारोपण

दाङ –
जलाधार संरक्षण गर्ने उद्देश्यले सामुदायिक वनको नाङ्गो डाँडामा वृक्षारोपण गरिएको छ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले वार्षिक कार्यक्रम अन्तर्गत लमही नगरपालिका वडा नं. ५ स्थित पारिजात महिला सामुदायिक वन उपभोक्ता समितिको खाली क्षेत्रमा वृक्षारोपण गरिएको हो ।
पाँच हजार तीन सय वन प्रजातीका बिरुवा रोपिएको खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष दण्डिराम चौधरीले जानकारी दिए ।
‘बर्सेनि पानीको मुहानहरु सुक्दै गइरहेका छन् । पानीको मुहान सुक्न नदिनको लागी बोट बिरुवा आवश्यक पर्छ । त्यही भएर हामीले वृक्षारोपण गरेका हौँ’, अध्यक्ष चौधरीले भने, ‘गत वर्ष अजम्मरी सामुदायिक वन उपभोक्ता समितिको क्षेत्र भित्र चार हजार बिरुवा लगाएका थियौँ । यस वर्ष पारिजात महिला सामुदायिक वन क्षेत्रलाई रोजेका हौँ ।’
सिसौ, खयर, बकाइनो लगायतका बिरुवा रोपिएको खानेपानी संस्थाका सचिव सनमकुमार पौडेलले बताए । खानेपानी संस्थाका अध्यक्ष दण्डिराम चौधरीको अध्यक्षता तथा पारिजात महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष द्रोपदा पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खानेपानीका सल्लाहकार कर्णबहादुर बुढाथोकीले वृक्षारोपण कार्यक्रमलाई अझ व्यापक बनाउन आग्रह गरे ।
स्राेतः देश सञ्चार
 
nema
Show More

Related Articles

Back to top button