समाचारनेपाली कांग्रेस

अन्यायको विरुद्धमा बोल्नेहरुलाई तर्साउन ममाथि कारबाही भयोः गोविन्दराज जोशी

रातोपाटी संवाददाता
facebook sharing button
twitter sharing button
pinterest sharing buttonsharethis sharing button
काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिबाट कारबाहीमा परेका नेता गोविन्दराज जोशीले विरोधी कार्यकर्तालाई तर्साउन आफूमाथि कारबाहीको डण्डा चलाइएको टिप्पणी गरेका छन् । आफ्ना मान्छेलाई पार्टीमा टिकट दिएर कार्यकर्तालाई रुवाउनु हुँदैन भन्ने आवाज उठाउने र अन्यायको विरुद्धमा बोल्नेहरुलाई तर्साउन आफूमाथि कारबाही भएको उनको भनाइ छ ।

जोशीले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको कदमका विरुद्धमा बोल्नेलाई तर्साउन आफूलाई कारबाही गरिएको ठोकुवा गरे । उनले भने, ‘मैले त अन्यायको विरुद्ध धेरै अगाडिदेखि बोलिराखेको छु । यिनीहरुलाई के रैछ भन्दाखेरी गोविन्दराज जोशीलाई अ्याट्याक गर्नेकुरामा निर्णय गर्ने कुरा एउटा कुरा हो । मलाई अ्याट्याक गरिसकेपछि अरुलाई तर्साउन सजिलो भयो ।’

नेता जोशीले आफूमाथि कारबाही गर्ने निर्णय र पार्टीमा केही मानिसहरुलाई प्रवेश गराउने कार्यले पार्टीभित्र इमान्दार र निष्ठावान कार्यकर्ताको उपस्थिति नहुने निश्चित भएको बताए ।
उनले पार्टीका नेताहरुको स्वर्गारोहणको बेलामा मात्रै उपस्थिति जनाउन पाउने व्यक्तिलाई पार्टीभित्र प्रवेश गराइएकाले लामो समयदेखि योगदान दिएका इमान्दार कार्यकर्ताको आत्मसम्मानको अन्त्य भएको बताए ।  यो विषयमा आवाज उठाउँदा पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेललाई बिझेकाले आफूमाथि कारबाही गरिएको उनले बताए । उनले भने, ‘अहिलेको मेरो निर्णय साथसाथै पार्टीमा प्रवेश गराइएका मानिसहरुको उपस्थितिले नेपाली कांग्रेसको पार्टी कार्यालयमा कुनैपनि इमान्दार निष्ठावान कार्यकर्ताको उपस्थिति हुँदैन । हुन त पार्टीले त्यस्ता मान्छेहरुलाई केवल हाम्रो नेताहरु कोही स्वर्गारोहण भए त्यो बेलामा उपस्थिति हुने मात्रै मौका दिन्थ्यो । तर अव इमान्दार कार्यकर्तालाई त्यहाँ जाने कुरा आत्म सम्मानको विषय रहेन । तर मैले यो कुरा भन्दा उनीहरुलबाई बिझेछ । रामचन्द्रजीलाई पनि शेरबहादुरजीलाई पनि बिझेछ । मैले परिवारका मान्छेलाई टिकट दिनुहुँदैन, पैसामा टिकट बेच्नु हुँदैन, आफ्ना मान्छेलाई टिकट दिएर कार्यकर्तालाई रुवाउनु हुदैन भन्दा उहाँहरुलाई बिझिराखेको रहेछ । त्यसलाई व्यक्त गर्नुभयो र के गर्नुभयो भन्दा पार्टी जेसुकै होस । पार्टी त अब उभो लाग्दै लाग्दैन ।’

पार्टीलाई केही मान्छेहरुको नियन्त्रण र गठबन्धनको गुटको रुपमा विकास गरिएको नेता जोशीले बताए । कांग्रेसमा न्याय हराएको टिप्पणी समेत नेता जोशीले गरे । उनले न्याय बिनाको निर्णयको विरुद्ध, प्रवृतिको विरुद्ध र न्याय विनाको निर्णय गर्ने पदाधिकारीहरुको विरुद्ध कार्यकर्ताहरु एकस्वरले उभिन नसक्दा सम्म कांग्रेस जोगिन नसक्ने बताए ।  अहिले नै आवाज उठाउन नसक्ने हो भने केही व्यक्तिको गुटको भेलाले कार्यकर्तालाई बगाएर लैजाने समेत नेता जोशीले बताए ।
पछिल्लो गतिविधि हेर्दा पार्टी पतनको बाटोमा गएको स्पस्ट भएको समेत नेता जोशीले दावी गरे । उनले पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेलका पछि लाग्ने व्यक्तिमा अलिकति विश्वास नभए पार्टीमा टिकट नै नपाउने र पाएपनि भोट नहाल्न निर्देशन दिने गरिएको बताए ।
पार्टीमा योगदान दिएको हिसाबले केन्द्रीय समितिमा आफूभन्दा सिनियर मान्छे कोहीपनि नभएको दावी नेता जोशीले गरे । उनले कांग्रेसमा योगदान पु¥याएको हिसाबले सभापति देउवा र वरिष्ठ नेता पौडेल भन्दा आफूमाथि रहेका समेत बताए । फरक प्रसङ्गमा बहुदलिय अभ्यासमा दलको सरकार हुने तर दुर्भाग्यवस अहिले कुनैपनि दलले राम्रोसँग काम गर्न नसकेको टिप्पणी समेत नेता जोशीले गरे ।

nema
Show More

Related Articles

Back to top button