समाचारनेपाली कांग्रेस

‘गिरिजाले राजा फालेर गल्ती गरे, बीपी भएको भए कदापी फाल्ने थिएनन्’

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ट नेता एवं पूर्व महामन्त्री कुल बहादुर(केबी) गुरुङले बाह्र बुदे सम्झौताबाट बाहिर गएर तत्कालिन पार्टी सभापति एवं प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले ऐतिहासिक भूल गरेको बताएका छन्।
वरिष्ठ पत्रकार युवराज घिमिरेसँगको अन्तर्वार्ताको क्रममा केबिले राजसंस्था फाल्न ‘गिरिजा दाई’को ठूलो हात रहेको बताएका हुन्। उनले गिरीजाको ठाउँमा बीपी भएको भए राजतन्त्र कुनै पनि हालतमा नजाने ठोकूवा समेत गरे।

उनले झोक्किदै भने, ‘बीपीलाई फासीको सजाय हुदै गर्दा एग्रिमेन्ट गर्न गएनन् नि त! बीपीको भाईले त्यो गर्न सुहाउछ?’
राजा फाली हाल्नु पर्छ भनेर बीपीले कहिले पनि नभनेको प्रसँग उप्काउदै उनले, ‘राजालाई अघि सारेर हामीले जे पनि गर्न सक्नुपर्छ,’ भन्दै, ‘राजा चाहिन्छ तर प्रजातन्त्रवादी राजा चाहिन्छ। हामीलाई प्रजातन्त्र पनि चाहिन्छ तर राजतन्त्र पनि चाहिन्छ। हामीलाई राजतन्त्र र प्रजातन्त्र दुवै चाहिन्छ भन्ने बीपीको कुरा थियो। ‘
जेष्ठ सदस्यको हैसियतले संविधानसभाकाे अध्यक्षता गरेका गुरुङले पहिलाे बैठकबाट राजसंस्था फाल्नुको साटो त्यसबारे लामाे बहस गराउनु पर्ने भन्दा कसैले नसुनेको गुनासो समेत पोखे। २-३ महिनाको देशव्यापी बहस गरेर जनताको सम्मती लिएर राजसंस्था बारे निर्णय गरिनु पर्नेमा एकै पटकमा त्यो गर्नु अनुप्युक्त भएको उनको बुझाई छ।
केहिँ समय देखि नेपाली काँग्रेस भित्र गणतन्त्र घोषणा भएको समय देखि भूमिकाविहिन बनाइएका धेरै नेता कार्यकर्ताहरुले राजसंस्था र हिन्दूराज्यबाट पछाडी हटेर गणतन्त्र स्विकार्नु कांग्रेसको महाभूल भएको बताउन थालेका छन्।
स्मरणीय छ, गणतन्त्र घोषणा हुने बेला काँग्रेस भित्र गिरिजा प्रसाद कोइरालाका सहयोगीहरुलाई नै पाखा लगाएर नयाँ-नयाँ अनुहारहरुलाई उनको वरिपरि स्थापित गरिएको थियो। त्यस्तै, गणतन्त्रको नारा लगाउनेहरुको बोलीलाई मूलधारका मिडियाहरुले निर्विकल्प वाणी जसरी प्रस्तुत गरिरहेका थिए। ‘युवा’को विचार अकाट्य हुन्छ भन्दै पाका नेताहरुको अनुभव र बोलीलाई लत्याउने स्थिति तिनै मिडियाहरुले नै सृजना गरेका थिए।
अहिले जस्तो सामाजिक संजालको अभावमा जनताहरु पत्रिकामा सम्प्रेषित समाचार र विचारहरुमा नै आफ्नो धारणा बनाउन निर्भर हुने गर्थे। तर पत्रिकाहरु स्वच्छ, पारदर्शी र सन्तुलित समाचार सम्प्रेषण नगरी गणतन्त्र स्थापनाको मिसनमा लागेको कुरा ६३ साल पछिका घटनाक्रमले स्पष्ट हुन्छ।
रामचन्द्र पौडेल समूह र शेर बहादुर देउबा समूहले अदृश्य शक्तिको निर्देशनमा पाका नेता केबीलाई र उक्त गुटका केहिँ नेताहरुलाई भूमिकाविहिन बनाउने खेल खेलेको आरोप लाग्दै आएको छ।
गुरुङलाई भूमिकाविहिन बनाउनको लागि नै यस अघिको संसदीय निर्वाचनमा उनलाई समानुपातिक उम्मेदवारको सूचीमा समेत राखिएन।
संसदीय व्यवस्थाको खिलापमा हिंसात्मक अभियान सुरु गरेको माओवादीसँग १२ बुँदे सहमति गरी गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको लाइनमा कांग्रेस जानु भनेको बीपी कोइरालाको सिद्धान्तलाई तिलाञ्जली दिनु हो भन्दै गुरुङ सहितका नेताहरूले देशव्यापी गतिविधि गरिरहेका छन्।
कांग्रेसले आदर्श विर्सियो, बीपीले देखाएको बाटो विरायो, सिद्धान्त र निष्ठा गुमायो भन्दै गुरुङ अहिले पनि ‘कांग्रेस भित्र कांग्रेस खोजिरहेको छु’ भन्ने फरक अभियानमा छन्।
गुरुङ २००७ सालदेखि नेपाली कांग्रेसकाे राजनितिमा सक्रिय छन्। वीपीका ‘दाहिने हात’ केबी अहिले बीपीकै पथमा हिड्ने आदर्शवादी नेताका रुपमा चिनिन्छन्।
बीपी नेपाल फर्किने तयारी गर्दै गर्दा वासु कोइराला र केबी गुरुङ नेपाल फर्केका थिए। यदी दुवैलाई मारेको खण्डमा बीपी मेलमिलाप नीति लिएर नेपाल नफर्किने नमारेको खण्डमा भने नेपाल फिर्ने सहमति थियो। राजा केहिँ नरम भएको देखिए पछि बल्ल बीपी नेपाल फर्के।

स्राेतः नेपालदीप

nema
Show More

Related Articles

Back to top button