breakingसमाचारवी पी विचारगतिविधिनेपाली कांग्रेस

राजनेता बीपी कोइरालाको १०७ औं जन्म-जयन्ती सम्पन्न

 
 
महामानव वीपी कोईरालाको १०७ औं जन्म जयन्ती सम्पन्न
काठमाडौं भाद्र २४,
वीपी विचार राष्ट्रिय समाज काठमाडौ को आयोजनामा १०७ औ विपी जन्म ज्यन्ती  विपीको सैद्धान्तिक अवधारणाको बारेमा  zoom meeting गरी सम्पन्न भयो । उक्त काार्यक्रममा बोल्दै प्रमुख वक्ता वरिष्ठ कानुन विद भिमार्जुन आचार्यले भन्नुभयो ः वीपीले परिकल्पना गरेको प्रजातन्त्र,राष्ट्रियता र समाजवादलाई काँग्रेसले छोडेको मात्र नभई वर्तमान संविधान जारी भएपछि वीपीले परिकल्पना गर्नुभएको प्रजातन्त्र,राष्ट्रियता र समाजवाद पूर्ण रुपमा  समाफत  भईसकेको छ । र सरकारले अहिले अवलम्वल गरेको परराष्ट्र र अर्थनितीले अन्तराष्ट्रिय मान्यतामा नेपालको छवि नै धुमिल भएको छ । उहाँले अन्तमा भन्नुभयोःनेपाली काँग्रेसले अब एकपटक वीपीको सच्चा सिद्धान्त पुनःस्थापित गर्न खोज्यो भने नेपाली ले एकपटक पुन काँग्रेसलाई साथ दिनेछन् । अन्यथा नेपालीकाँग्रेस स पनि इतिहासको पानामा सिमीत हुनेछन् भन्ने धारणा उहाँले राख्नुभयो । सोही कार्यक्रममा वीपी विचार राष्ट्रिय समाजका सह सभापत्ति गोविन्दराज जोशीले भन्नुभयोः नेपाली काँगे्रसको स्थापना गर्दा निश्चित ।उद्देश्य र लक्ष्य लिएर गर्नुभएको थियो । प्रजातन्त्र,राष्ट्रियता र समाजवाद वीपीका आर्दशहरु थिए भने वर्तमान अवस्थामा नेपाली काँग्रेसले वीपीका आर्दशहरु लाई छोडेर गम्भीर र भूल गरेको छ भन्नुभयो । उहाँले १२ बुँदे सम्झौता पछि नेपाली काँग्रेस पुर्णतया विचलनको बाटोमा हिडेको आरोप लगाउनुभयो । उक्त कार्यक्रम समारोहका सभापति एवम् वीपी विचार राष्ट्रिय समाजका सभापत्ति कुल बहादुर (के.वी.) गुरुङ्गले भन्नुभयो ः १०७ बर्ष पछि पनि विपीका विचारहरु अत्यन्तै सदरभिकता भएका कुरा बताउदै नेपाली काँग्रेसले पूर्णतया अवलम्वल गन्ुपर्र्छ भन्नुभयो । उक्त कार्यक्रमको संञ्चालन वीपी विचार राष्ट्रिय समाजका महासचिव विनय ध्वज चन्द बाट भएको थियो भने धन्यवाद ज्ञापन वीपी विचार राष्ट्रिय समाजका उपमहासचिव राम बहादुर गुरुङ्गले गर्नभयो । उक्त कार्यक्रममा मन्तव्य दिनुहुने प्रदेश नं १ बाट दीपक लोहनी , प्रदेश नं२ बाट चुण्डीशरण यादव , प्रदेश नं ३ बाट खेमराज सँेढाई , प्रदेश नं ५ बाट रेवती भूषाल,ले  मन्तव्य दिनु भएको थियो भने ,केन्द्रिय सदस्यहरु लक्ष्मण प्रसाद घिमिरे ,लोकेश ढकाल, राजन पन्त, रमेश भण्डारी ,सुवास,चन्द ,रमा पान्डे ,कमल पोखरेल, तँनहु जिल्ला कोषाध्यक्ष चिनु पोखरेल आदि वक्ताहरुले मन्तव्य दिनु भएको थियो ।कार्यक्रमको अन्तमा नेपाल ,भारत ,जापान , अष्ट्रेलिया आदि देशका विभिन्न जिल्लाबाट उक्त कार्यक्रममा सहभागिता थियो ।
राजनेता बीपी कोइरालाको १०७ औं जन्म-जयन्तीको उपलक्ष्यमा बीपी विचार राष्ट्रीय समाज द्वारा आयोजित “वर्तमान राजनीतिक परिप्रेक्षमा बीपी विचारको सान्दर्भिकता” विषयक गोष्ठी सम्पन्न भयाे ।
 
कृपया भिडियाेकाे लागि तल Link मा क्लिक गनुहाेला ।

nema
Show More

Related Articles

Back to top button