समाचारवी पी विचारनेपाली कांग्रेस

महामानव वीपी कोईरालाको १०७औं जन्म जयन्ती प्रदेश नं ५ मा सम्पन्न,

,
बुटवलअसोज १२,
वीपी विचार राष्ट्रिय समाजको गण्डकी प्रदेशको आयोजनामा समाजको केन्द्रिय समितीको समन्वयमा यही असोज १० गते शनिबारका दिन “वर्तमान राजनितीक परिपेक्षमा वीपी विचारको सान्र्दभिकता ” बिषयक गोष्ठी zoom मार्फत सम्पन्न भयो । उक्त कार्यक्रमका प्रमख अतिथी नेपाली काँग्रेसका पुर्व महामन्त्री तथा वीपी विचार राष्ट्रिय समाजका केन्द्रिय सभापत्ति कुल वहादुर गुरुङ्गले भन्नुभयोः अहिलेको काँग्रेसले वीपी विचार छोड्दै छ । वीपी , गणेशमान र सुवर्ण जस्ता असल नेतृत्व पाउन गाह्रो छ । वीपी स्वास्थ अवस्था कमजोर भएर डाक्टर कहाँ जादा डाक्टरले भन्नुभएकाे थियाेः हजुरले धेरै नै आराम गर्नुपर्छ हजुरकाे स्वास्थ्य निकै नै कमजाेर भएकाे छ, डाक्टरले भन्दा म भन्दा धेरै बिरामी मानिसहरु छन्  देशमा मैले देशको लागि गर्नुपर्छ भने,एक महान व्यक्ति वीपी थिए र वास्तवमा भन्ने हो भने वीपी को विचारलाई नेपाली काँग्रेसले लागू गर्नुपर्छ अनि मात्र नेपाली काँग्रेस सफलताको शिखरमा पुग्छ उहाँले भन्नुभयो । त्यसैगरी कार्यक्रमका विशेष अतिथी गोविन्दराज जोशीले भन्नुभयो ः नेपाली काँग्रेसले अहिले पहिचान र सिद्धान्त छोडदै आएको छ । अहिले सक्ताको लोभले सिद्धान्त विहीन हुन पुगेको छ । वीपीले सधै राष्ट्रियता ,प्रजातन्त्र र समाजवादलाई जोड दिनुहुन्थ्यो तर अहिलेको काँग्रेसले सहमती ,सहकार्य र एकतालाई मात्र प्राथमिकता दिएको छ । अब आउने महाधिबेसनमा राष्ट्रियता ,प्रजातन्त्र र समाजवाद लाई रोजनेकी सहमती ,सहकार्य र एकता लाई रोज्ने स्पष्ट हुनुप¥यो उहाँले भन्नुभयो । कार्यक्रमकै क्रममा अर्को अतिथी तथा वीपी विचार राष्ट्रिय समाजका महासचिव विनय ध्वज चन्दले भन्नुभयो ः वीपीले भन्नुभएको थियो जब प्रजातन्त्र समाप्त हुन्छ तब काँग्रेस समाप्त हुन्छ ,जुन दिन नेपाली काँग्रेसले राष्ट्रियता ,प्रजातन्त्र र समाजवाद छोडेर र सक्ताको राजनितीक गर्छ त्यो दिन नेपाली काँग्रेस निर्थक भएर जान्छ , कम्युनिष्ट सँग विश्वास गर्नुहुदैन वीपीले भन्नुभएको थियो । म प्रधानमन्त्री बनेका पदका लागि होईन देश र जनताका भलाईको लागि हो वीपीले भन्नुहुन्थ्यो । आज काँग्रेसले पद र सक्ताको लागि राजनिती गर्दै छ ,उहाँले भन्नुभयो । कार्यक्रमका प्रमुख वक्ता प्रा.डा बद्री नारायण गौतमले भन्नुभयोे ःजब सम्म जनता जागन सक्दैन, तब सम्म प्रजातन्त्र राम्रो हुन सक्दैन,आफ्नो देशको प्राकृतिक स्रोत र साधन जति छ , त्यो उपयोग गर्नुपर्छ विदेशी सहयोगमा मात्र आश्रित हुनुहुदैन वीपीले भन्नुहुन्थ्यो । वीपी देश र जनता भनेपछि आफ्नो स्वास्थलाई समेत ख्याल नगरी लाग्नुहुन्थ्यो । वीपी विरामी परेर डाक्टरकहाँ जादा डाक्टरले वीपीलाई भन्नुभयो ,तपाइको जीवन अब २ बर्षको लागि मात्र छ तपाईको अब अन्तिम अबस्था आईसक्यो भनेर डाक्टरले वीपीलाई भन्दा पनि वीपी देश र जन्ताको भनेपछि आफ्नो स्वास्थलाई समेत ख्याल नगरी लाग्नुहुन्थ्यो । तपाईहरु सोच्नुहोस त के पार्टीमा आज यस्ता व्यक्तिहरु छन् त, पक्कै पनि छैनन ,यदि भएका भए आज पार्टीमा यस्तो विद्रोह , विचलन , गुटबन्दी आउने थिएन । यो सबै विचलनलाई हटाउनको लागि पार्टी पार्टीमा गुटबन्दी हुन भएन , समझदारी , निष्पक्ष र पारर्दशिकतालाई आत्मासात गरी वीपीको विचारलाई जनमानसमा पु¥याएर अबको नेतृत्वले वीपीको विचारलाई आत्मसात गरेर अगाडि बढ्यो भने नेपाली काँग्रेसको भविष्य उज्जल रहने छ । उहाँले भन्नुभयो । त्यसैगरी कार्यक्रमका अर्को अधिबक्ता बुद्ध बहादुर थापाले भन्नुभयो ःवीपीले २००३–२००७ सम्म मा नेपाली काँग्रेसको स्थापना गर्नको लागि दिन रात खटिए ,२००७–२०१५ सम्म धेरै समाज र देशको सुधारका लागि धेरै कामहरु गरे जस्तै ः संविधान निमार्ण ,मन्त्रीमण्डल गठन ,शिक्षा ,स्वास्थ्य ,खानेपानी आदि
विभिन्न क्षेत्रको विकास ,वृत्ताउन्मुलन को अन्त्य आदि काम गरे वीपीले राष्ट्रियता ,प्रजातन्त्र र समाजवादको लागि ठुलो योगदान दिए । वीपी राजनीतिक, साहित्यक ,क्षेत्रमा पनि अग्रस्थानमा थिए । वीपीले आफू सक्तामा हुदा वा प्रतिपक्षमा हुदा जनतासँग संवाद हुनुपर्छ भन्नुहुन्थो । वीपीले विधिको शासन ,शक्तिको विकेन्द्रिकरण ,स्वतन्त्रता ,बहुदलीय पद्धती ,मानव अधिकार यी सबैकुरा राजनितीक सिद्धान्तमा हुनुपर्छ प्रजातन्त्र र राष्ट्रियताबीच अन्योतिश्र समबन्ध छ , वीपीले भन्नुहुन्थ्यो । अहिले उहाँ जस्तो नेतृत्व पाउन निकै ग्राहो छ , उहाँले भन्नुभयो । त्यसैगरी कार्यक्रममा स्वागत मन्तव्य दिदै वीपी विचार राष्ट्रिय समाजका उप –सभापत्ति अरुण सिंह राठोरले भन्नुभयोः मुलुकको राजनितीक अवस्था किन संकट अवस्थामा छ ,हामी असाध्यै चिन्तित छौ ,अब हामी सबैले वीपीको विचारलाई गाँउ देखि प्रदेश सम्म पु¥याएर अगाडि बढ्यो भने देश संकटको अवस्थामा पुग्न सक्दैन उहाँले भन्न्ुभयो । कार्यक्रमको क्रममा खगेन्द्रप्रसाद हमाल , रमेशकुमार पाण्डे ,कृष्ण पोख्रेल ,राजन पन्त,लक्ष्मण सिह राना ,इश्वर विष्ट ,रामबहादुर गुरुङ्ग, आदि व्यक्तिहरुले सान्दर्भिक मन्तव्य दिनु भयो । कार्यक्रम संञ्चालक विष्णु प्रसाद पोख्रेलले गर्नुे भएको थियो । त्यसैगरी वीपी विचार राष्ट्रिय समाजका प्रदेश नं ५ का सभापत्ति रेवती भूषालले भन्नुभयो ःनेपालीे काँग्रेस अहिले संकटमा छ ,नेता विहीन अवस्थामा छ । जब सम्म नेताले जनताको कुरा सुन्दैनन् जनतालाई,उत्पे्ररणा ,प्रोत्साहन दिन सक्दैनन् त्यस्ता नेतालाई नेता भन्न मिल्दैन भन्दै सबै सहभागी नेतृत्व वर्गलार्ई धन्यावाद दिदै कार्यक्रमलाई समापन गर्नुभयो ।

nema
Show More

Related Articles

Back to top button