समाचार

गुगल मिटलाई निःशुल्क बनाइराख्ने गुगलको घोषणा

 

  ३०सेप्टेम्बर, काठमाडौं
सेप्टेम्बर बुधबारदेखि भिडियो कन्फ्रेन्सिङ सर्भिस गुगल मिटमा निशुल्क प्रयोगकर्ताका लागि १ घण्टाको पाबन्दी लगाउने यसअघिको निर्णय गुगलले उल्टाएको छ । विश्वमा जारी कोरोना महामारीको स्थितिलाई मध्यनजर गर्दै गुगल मिटको निःशुल्क अनलिमिटेड सेवालाई निरन्तरता दिने घोषणा गुगलले गरेको हो ।
कोरोना संकटकालको विद्यमान समयमा विश्वका करोडौँ मानिसहरु गुगल मिट तथा जूम जस्ता भिडियो कन्फ्रेन्सिङ सर्भिसहरुमा भर परिरहेका छन् । अफिसको कामका लागि होस् वा विद्यार्थीहरुको पढाइका लागि यी प्लाटफर्महरु निकै उपयोगी बनिरहेका छन् । यस्तो बेला केहीदिन अघि गुगलले आफ्नो गुगल मिट प्लाटफर्ममा निःशुल्क सेवालाई १ घण्टामा सीमित गर्ने घोषणा गरेपछि प्रयोगकर्ताहरु निराश भएका थिए । ३० सेप्टेम्बरदेखि लागू हुने भनिएको उक्त निर्णयलाई अन्ततः गुगलले उल्टाएको छ ।

एक विज्ञप्ती जारी गर्दै गुगलले भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म गुगल मिटमा प्रयोगकर्ताहरुले ६० मिनेटभन्दा धेरै अर्थात् २४ सै घण्टासम्म निरन्तर भिडियो कल गर्न सक्ने घोषणा गरेको हो ।
बुधबार सेप्टेम्बर ३० मा एक ब्लग पोष्टमार्फत् गुगलले उक्त जानकारी गराएको हो । आसन्न विभिन्न चाडहरुको मौसमका बेला सवारी साधनहरुको आवागमन सीमित हुने अवस्था, विवाहको मौसम तथा शैक्षिक गतिविधिलाई जीवन्त राख्नका लागि गुगल मिटमा निःशुल्क अनलिमिटेड भिडियो कन्फ्रेन्सिङलाई निरन्तरता दिने निर्णय गरिएको जनाएको छ ।
गुगलका अनुसार निःशुल्क अनलिमिटेड सेवा सन् २०२१ को मार्च ३१ सम्म जारी रहनेछ ।
कुनै पनि प्रयोगकर्ताले जिमेल अकाउन्टका माध्यमबाट कुनै रोकावटविना गुगल मिट प्रयोग गर्नसक्ने गुगलको भनाइ छ । यद्यपि गुगलको प्रिमियम सेवा अर्थात् जी शूटका प्रयोगकर्ताहरु सरह २ सय ५० जना सहभागी तथा एकै डोमेनमा १ लाख मानिससामु लाइभ स्ट्रिमिङ्ग गर्न सकिने सुविधाचाहिँ गुगल मिटको निःशुल्क प्रयोगकर्ताहरुले गर्न पाउने छैनन् ।

nema
Show More

Related Articles

Back to top button