समाचारवी पी विचार

वीपी विचार राष्ट्रिय समाज कार्यसम्पादन समितीको बैठक सम्पन्न

काठमाडौ,चैत्र ११
विपी विचार राष्ट्रिय समाजको कार्यसम्पादन समितीले समाजको राष्ट्रिय अधिवेशन यही चैत्र २१ र २२ गते काठमाडौ चावेल स्थिीत स्मार्ट प्यालेन्समा गर्ने भएको छ । समाजको सभापतिको निर्वाचन २०७७ चैत्र २१ गते विहान ८ः०० बजे सुरु हुने भएको छ । उक्त निर्वाचनको लागि अधिवक्ता सुदीप पण्डितको अध्यक्षतामा ३ सदस्य निर्वाचन समिती समेत गठन गरिएको छ ।
उक्त वैठकले अधिवेशनमा प्रदेश स्तरीय समूहगत छलफलका लागि ७ जना सहजकर्ता तोकेको छ । जसअनुसार ,
प्रदेश नंं.१ ः नर कुमार चुवान
प्रदेश नं.२ ः रामशरण चिमौरीया
बाग्मती प्रदेश ः प्रा.डा. वासुदेव खनाल
गण्डकी प्रदेश ः कमल खनाल
लुम्बिनी प्रदेश ः ढुण्डीराज पोख्रेल
कर्णाली प्रदेश ः थान वहादुर रोकाय
सूदुरपश्चिम प्रदेश ः नारायण भट्टराई तोकिएको छ ।
समाजको तेस्रो महाधिवेशनको काठमाडौ घोषणापत्र तयार गरी अधिवेशमा प्रस्तुत गर्न नारायण भट्टराई,ढुण्डीराज पोख्रेल र रामशरण चिमौरीयालाई तोकेको छ ।अधिवेशनको उद्घाटन समाजका केन्द्रिय सभापति कुल बहादुर गुरुङ्गले गर्नुहुनेछ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button