
काठमाडौ ,पौष २७
नेपाली काँग्रेस तनहुँका पूर्व सचिव एवम् नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वर्गीय नारायण सिग्देलको यही मिती २०७७।०९।२६ गते हेम्स अस्पतालमा उपचारार्थ क्रममा निमोनियाको कारणले निधन भएको खबरले वीपी विचार राष्ट्रिय समाजका केन्द्रिय सभापति श्री कुलबहादुर (के.वी) गुरुङ , सह–सभापति श्री गोविन्द राज जोशी, महा–सचिव श्री विनय ध्वज चन्द तथा यस समाजका सम्पूर्ण शुभ चिन्तकज्यूहरु अत्यन्त दुःखी एवं मर्माहत भएका छौ । शोकको यस घडीमा दुःख सहन एवं धैर्यधारण गर्न शक्ति प्राप्त होस् भनी ईश्वरसँग प्रार्थना गर्दै उहाँको परिवारजन प्रति गहिरो संम्वेदना प्रकट गर्दैछौ । दिंवगत आत्माको चिर शान्ति एवं वैकुण्ठमाबासको कामना सहित भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछौ ।