
काठमाडाैँ –चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धकाे खोप सोमबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।
एक समारोहकाबीच चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री ह्रदयश त्रिपाठीलाई उक्त खाेप हस्तान्तरण गरिन्।
चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको उक्त खोपको ८ लाख डोज काठमाडौँ आइपुगेको हो।
बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको चाटर्ड विमानले उक्त परिमाणको खोप काठमाडौँ ल्याएको हो।
यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।
यो खोप पनि कोभिसिल्ड झैँ दुई पटक लगाउनुपर्छ।
