नयाँ पुस्ताका लागि— नेपाली काङ्ग्रेस सिद्धान्त र दृष्टिकोण
–डा.वासुदेव खनाल
नेपाली काङ्ग्रेसको स्थापनाको पृष्टभूमिदेखि करिव–करिव वर्तमान अवस्थालाई समेत समेटेर तयार गरिएको ‘नेपाली काङ्ग्रेस सिद्धान्त र दृष्टिकोण’ नामक ग्रन्थ हजुरहरूका सामु प्रस्तुत भएको छ । स्थापनाकालदेखि अहिलेसम्म नेपाली काङ्ग्रेसले धेरै आरोह–अवरोह पार गर्दै आएको छ भन्ने कुरामा पुरानो पुस्ता अनभिज्ञ छैन । खास गरेर नयाँ पुस्ता नेपाली काङ्ग्रेसको आदर्श र सिद्धान्तबाट विमुख बन्दै गएको महसूस सर्वत्र गरिदै छ । नेपाली काङ्ग्रेस, यसको सिद्धान्त र आदर्श, इतिहास र विषम परिस्थितिमा यसका नेताहरूले नेपाली जनताको प्रजातान्त्रिक अधिकारको रक्षाका लागि गरेको संघर्षको रोमाञ्चक इतिहास महत्त्वपूर्ण रहेको छ जसका सम्बन्धमा जान्न चाहने नयाँ पुस्तालाई कसरी प्रशिक्षित गर्न सकिन्छ भन्ने सम्मन्धमा चिन्तित ‘बीपी विचार राष्ट्रिय समाज’ ले यसैवर्ष विगत दुई महिनाको अन्तरालमा दुई–दुईवटा महत्त्वपूर्ण ग्रन्थहरू प्रकाशनमा ल्याएको छ । यसअघि गत साउन ६ गते बीपी स्मृति दिवसको अवसरमा ‘राष्ट्रिय जीवनमा विश्वेश्वरप्रसाद कोइराला भाग–२, प्रकाशनमा आएको थियो, जसको विमोचन नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले गर्नुभएको थियो भने आज विमोचन हुन गइरहेको ‘नेपाली काङ्ग्रेस सिद्धान्त र दृष्टिकोण’ हजुरहरूका सामु प्रस्तुत छ ।
प्रस्तुत ग्रन्थमा भूमिकालाई छोडेर २० वटा अनुसन्धानात्मक लेखहरू रहेका छन् । ग्रन्थको भूमिका लेख्ने अवसर पनि मैले नै पाएँ । जसमा मैले संक्षिप्त रूपमा नेपाली काङ्ग्रेसको इतिहासलाई प्रस्तुत गर्ने प्रयत्न गरेको छु । छोटो समयमा तयार गरिएको भूमिकामा सबै कुराहरू समेट्न सकिएको छैन तथापि ‘नेपाली काङ्ग्रेसको सिद्धान्त र दृष्टिकोण’को मूल मर्मलाई प्रस्तुत संक्षिप्त भूमिकाले मार्गदर्शन गरेको छ भन्ने विश्वास मैले लिएको छु । महामानव बीपी कोइरालाद्वारा प्रतिपादित नेपाली काङ्ग्रेसको सिद्धान्त अनुरूप नेपाली काङ्ग्रेस निर्देशित हुन र आफ्नो बाटो पहिचान गर्न सकेको छैन भन्ने अनेक प्रमाणहरू प्रस्तुत ग्रन्थमा रहेका छन् । प्रस्तुत ग्रन्थ नेपाली काङ्ग्रेसलाई आलोचना गर्ने उद्देश्यले नभएर नेपाली काङ्ग्रेसलाई बीपीद्वारा प्रतिपादित आदर्श र सिद्धान्त अनुसार कसरी मार्गनिर्देश गर्न सकिन्छ भन्ने सम्बन्धमा बढी केन्द्रित छ । त्यसमा पनि नयाँ पुस्तालाई नेपाली काङ्ग्रेसको सिद्धान्त र आदर्शका सम्बन्धमा कसरी प्रशिक्षित गर्न सकिन्छ भन्ने सम्बन्धमा आवश्यक सामग्री प्रस्तुत गरिएको छ ।
१.वि.सं. २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काङ्ग्रेस र वि.सं.२००५ सालमा स्थापित नेपाल प्रजातन्त्र काङ्ग्रेसको वि.सं. २००६ साल चैत्र २६ गते एकीकरण भएपछि दुबै पार्टीको संयुक्त नाम ‘नेपाली काङ्ग्रेस’ रहेको हो ।
२.वि.सं.२००६ साल चैत्र २६ गते दुबै पार्टीको एकीकरण भएपछि त्यसको भोलिपल्ट चैत्र २७ गते भारतको कलकत्तामा भएको स्थापना सम्मेलनले नेपाली काङ्ग्रेसको ऐतिहासिक घोषणापत्र २००६ जारी गरेको थियो ।
३.उक्त घोषणापत्रमा देशमा एक सयवर्षभन्दा बढी समयसम्म जरो गाडेर बसेको राणाशाहीका विरुद्ध जुर्मुराएर उठ्न र नेपाल एवं नेपाली जनताको अवनतिको रूपमा रहेको तानाशाही सरकारलाई छिटोभन्दा छिटो खतम गर्न आह्वान गरिएको थियो ।
४. नेपाली काङ्ग्रेसले तानाशाहीका विरुद्ध यसरी आह्वान गरेको एकवर्ष पनि नवित्दै २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्रको स्थापना गर्न नेपाली काङ्ग्रेस सफल भएको हो ।
५.त्यसपछिका आठवर्षको अन्तरालमा संविधानसभाको निर्वाचनका लागि नेपाली काङ्ग्रेस क्रियाशील रह्यो तथापि राजाले संविधानसभाको निर्वाचन नगराएर संसदीय निर्वाचनको घोषणा गरे ।
६.प्रथम महानिर्वाचन २०१५ मा नेपाली काङ्ग्रेस दुईतिहाइ बहुमतका साथ देशका १०९ निर्वाचन क्षेत्रमध्ये ७४ स्थानमा विजयी बन्यो ।
७.महामानव विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्त्वमा बनेको नेपाली काङ्ग्रेसको सरकारले काम गर्न थालेको डेडवर्षमै अपदस्थ गरी राजा महेन्द्रले देशमा पञ्चायती तानाशाही व्यवस्थाको शुरूआत गरे ।
८.जसका विरूद्ध नेपाली काङ्ग्रेसले सशस्त्र आन्दोलन नै गर्नुप¥यो । आन्दोलनका विभिन्न चरणहरू पार गर्दै महामानव विश्वेश्वरप्रसाद कोइराला सातवर्षजति जेल बस्नुभयो भने आठवर्षसम्म भारतमा प्रवास अन्त्यगर्दै मेलमिलापनीतिका साथ नेपाल फर्कनुभयो ।
९.बीपी कोइरालाको मेलमिलाप नीति २०३३ ले नेपालको राजनीतिक वृत्तमा ठूलो हलचल नै ल्याइदियो ।
१०. जसको परिणामस्वरूप २०३६ सालमा राजा वीरेन्द्र जनमतसङ्ग्रह गर्न तयार भए ।
११.प्रतिकूल परिस्थितिमा भएको जनमत संग्रहमा कतिपय कम्युनिष्ट घटकहरूले पञ्चायतको पक्षमा मतदान गर्दा पनि बहुदल र पञ्चायती व्यवस्थालाई यथावत राख्ने भन्ने सम्बन्धमा भएको निर्वाचनको स्वच्छताका सम्बन्धमा अहिले पनि शंका रहेको छ । जसले गर्दा नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले ‘धाँधलीपूर्ण’ भन्ने टिप्पणी गर्नुभयो भने महामानव विश्वेश्वरप्रसाद कोइरालाले ‘अप्रत्याशित’ भनेर स्वीकार गर्नुभयो र बहुदलपक्षधरलाई मतपरिणाम स्वीकार गर्न आग्रह गर्नुभयो ।
१२.त्यसपछिका राष्ट्रियपञ्चायतका लागि भएका निर्वाचनमा अल्पमतको कदर नभएको भन्दै नेपाली काङ्ग्रेसले बहिस्कार ग¥यो ।
१३.यसपछि वि.संं.२०४२ सालमा नेपाली काङ्ग्रेसले देशव्यापी रूपमा सत्याग्रहको आयोजना ग¥यो जुन सत्याग्रह नेपाली काङ्ग्रेसको इतिहासमा चौथो सत्याग्रह थियो ।
१४.यसपछि नेपाली काङ्ग्रेस कै नेतृत्वमा प्रजातन्त्रको स्थापनार्थ २०४६ सालमा आन्दोलन भयो र प्रजातन्त्रको पुनस्थापना पनि भयो ।
१५.जसको परिणामस्वरूप ‘नेपाल अधिराज्यको संविधान २०४७’ जारी भयो ।
१६.नेपाल अधिराज्यको संविधान २०४७ जारी भएपछि भएको निर्वाचनमा पनि नेपाली काङ्ग्रेसकै बहुमत आयो र नेपाली काङ्ग्रेसको सरकार बन्यो ।
१७.नेपाली काङ्ग्रेसको उक्त सरकार पनि पूर्ण अवधि टिक्न सकेन र मध्यावधिमा जाने स्थितिको सिर्जना भयो । जसका कारण देशमा पुनः अस्थिरताको सिर्जना भयो ।
१८.त्यसपछि ‘माओवादी जनयुद्ध’ को नाममा दशवर्ष देशमा अराजकता नै सिर्जना गरियो ।
१९. राजा वीरेन्द्रको हत्यापछि राजा ज्ञानेन्द्रले पनि महेन्द्रपथको अनुशरण गर्न पुगे ।
२०.जसको परिणामस्वरूप वि.सं. २०६२÷६३ सालमा पुनः आन्दोलनको आँधीबेहरीको सिर्जना भयो । जुन आन्दोलनको नेतृत्व पनि नेपाली काङ्ग्रेसले नै गरेको थियो ।
२१. आन्दोलनको परिणामस्वरूप संविधानसभाको निर्वाचन भयो । दशवर्षे जनयुद्धको त्रासका साथ निर्वाचनको क्रममा भएका अनेक धम्कीको परिणाम स्वरूप निर्वाचन नेपाली काङ्ग्रेसको पक्षमा रहन सकेन जसको परिणाम उक्त संविधानसभाले संविधान पनि दिन सकेन ।
२२.दोस्रो संविधानसभा नेपाली काङ्ग्रेको पक्षमा रह्यो जसको परिणामस्वरूप नेपालको संविधान २०७२ जारी हुन सकेको हो ।
२३.सिद्धान्ततः नेपाली काङ्ग्रेसले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई स्वीकार गरे पनि त्यसलाई काङ्ग्रेसले कार्यकर्ता र नेपाली जनताका बीच छलफलको विषय बनाउन चाहेन । केही नेताहरूको हालीमुहालीबाट यी तीनवटा कुराहरू नेपाली काङ्ग्रेस र नेपाली जनतामाथि लादिएका हुन् । जसलाई संझदा मनुस्मृतिका यी दुई श्लोक स्मरणीय देखिन्छन्–
यत्र धर्मो ह्यधर्मेण सत्यं यत्राऽनृतेन च ।
हन्यते प्रेक्षमाणानां हतास्तत्र सभासदः ।।
धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षितः ।
तस्माद् धर्मो न हन्तव्यो मा नो धर्मो हतो वधीत् ।। मनुस्मृति, ८.१४–१५ ।
अर्थात् जुन सभामा सभासदहरूले हेर्दा हेर्दै धर्म अधर्मबाट तिरस्कृत हुन्छ, सत्यलाई झूठोबाट दबाइन्छ त्यो सभाका सभासद् नै मृततुल्य हुन्छन् । धर्मलाई नाश गर्ने आफै नाश हुन्छन् भने धर्मको रक्षा गर्ने धर्मबाट रक्षित हुन्छन् तसर्थ हामीलाई नष्ट हुनबाट बनाउनका लागि हामीले धर्मलाई नष्ट गर्नुहुँदैन ।
२४. अधिकांश नेपाली काङ्ग्रेसका कार्यकर्ता र जनताद्वारा अनुमोदन नभएका कुराहरूलाई लिएर जनताबीच जाँदाको परिणामबाट कोही पनि अनभिज्ञ छैन ।
२५.त्यसमा पनि बहुदलीय प्रतिस्पर्धालाई आफ्नो प्रजातान्त्रिक आदर्श बनाउँदै आएको नेपाली काङ्ग्रेसले विगतको स्थानीय निर्वाचन र संसदीय निर्वाचनमा विभिन्न पार्टीहरू त्यसमा पनि विशेष गरेर कम्युनिष्टहरूसँग जुन सहकार्य ग¥यो र नेपाली काङ्ग्रेसका कार्यकर्ता र नेपाली काङ्ग्रेस समर्थित जनतालाई विभिन्न पार्टीका निर्वाचन चिन्हमा मत खसाल्न आह्वान ग¥यो त्यो नेपाली जनताका लागि मान्य थिएन भन्ने कुरा निर्वाचनको परिणाम हो ।
२६.निर्वाचनको परिणाम नेपाली काङ्ग्रेसको विपक्षमा आउनुको पछाडि अन्य विविध कारणहरूमध्ये टिकट वितरण पनि प्रमुख कारण हो त्यसबीचमा पनि उल्लिखित तीनवटा कारणहरू मुख्य कारणको रूपमा रहेका छन् ।
२७.नेपाली काङ्ग्रेसलाई जनताको प्रिय पार्टीको रूपमा पुनः स्थापित गर्ने हो भने नेपाली काङ्ग्रेसले विगतमा गरेका कमीकमजोरीहरूको समीक्षा गर्दै विशेष गरेर संघीयता र धर्मनिरपेक्षताका सम्बन्धमा पुनर्विचार गर्ने कि ?
र अन्त्यमा प्रस्तुत ग्रन्थमा २० वटा अनुसन्धानमूलक लेखहरू समावेश गरिएको छ जसमा हामीले नेपाली काङ्ग्रेसको निर्वाचन घोषणापत्र २०१५ लाई पनि समावेश गरेका छौं भने विश्वेश्वरप्रसाद कोइरालाका दुईवटा ‘समाजवाद’ र ‘हामीले नेपाल फर्किने निर्णय किन लियौं ?’ शीर्षकका लेखहरू समावेश गरेका छौं । यस्तै डा.गोविन्दमानसिंह कार्की र डा. गोविन्दप्रसाद गुरागाईंका भिन्न–भिन्न शीर्षकका तीन–तीनवटा अनुसन्धानमूलक लेखहरू समावेश गरेका छौं । डा. गङ्गा केसीको ‘बीपीको जेलजीवन अथक संघर्षको नमुना’ पुरूषोत्तम वस्नेतको ‘नेपाली काङ्ग्रेसको स्थापनाको दिन बाह्र माघ’ शीर्षकका लेखहरू समावेश छन् । यस्तै धर्म र संस्कृतिका सम्बन्धमा तयार गरिएको डा.विमला शर्मा र म स्वयंले तयार गरेको ‘बीपी कोइरालाको बुझाइमा धर्म, संस्कार र आध्यात्मवाद’ शीर्षकको अनुसन्धानमूलक लेख समावेश छ । यस्तै डा. चन्द्रबहादुर कार्कीले तयार पार्नुभएको ‘नेपालको सन्दर्भमा बीपी कोइरालाको आर्थिक पक्ष’, भुमा पाण्डेको ‘आर्थिक नीति र समाजवाद’, बलदेव मजगैंयाको ‘काङ्ग्रेसलाई पुनः सफलताको उचाइमा कसरी पु¥याउने ?’, डा. बद्रीनारायण गौतमको ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली काङ्ग्रेस र भातृसंस्थाहरू’, नारायण भट्टराईको ‘नेपाली काङ्ग्रेसः अन्तरपार्टी संघर्ष’, लोकनाथ दुलालको ‘नेपाली काङ्ग्रेसका आदर्शहरू’ र हरिप्रसाद पराजुलीको ‘नेपालको जनआन्दोलन–२ र तत्कालीन विद्रोहीसँगको शान्तिवार्ता’ शीर्षकका अनुसन्धानमूलक लेखहरू रहेका छन् । ती अनुसन्धानमूलक लेखहरूमा नेपालको प्रजातान्त्रिक आन्दोलनको मियोको रूपमा रहेको नेपाली काङ्ग्रेसले अबलम्बन गरेको नीति, कार्यक्रम र सिद्धान्तका सम्बन्धमा प्रकाश पारिएको छ । प्रस्तुत ग्रन्थको माध्यमबाट नेपाली काङ्ग्रेसका सम्बन्धमा जानकारी प्राप्त गर्न, अनुसन्धान गर्न चाहने अध्येता तथा अनुसन्धाताहरू लाभान्वित हुनेछन् भन्ने विश्वास मैले लिएको छु ।
जय नेपाल