गतिविधि

वी पी.विचार राष्ट्रीय समाज ऐतिहासिक र सांगठनिक संक्षिप्त चर्चा

विनयध्वज चन्द
महासचिव
कसैले वी.पी.लाई भनेका थिए तपाइ प्रजातन्त्रको लागि लगातार संघर्ष गर्दै हुनुहुन्छ तर अहिले सम्म सफल भएन अब कम्युनिष्टहरुलाई पनि साथमा लिएर आन्दोलन गर्नु भयो भने आन्दोलन सफल हुन्छ र प्रजातन्त्र चाडो स्थापित हुन्छ । वी.पी. ले जवाफमा भन्नुभयो । “प्रजातन्त्र दश वर्ष ढिला आउला तर कम्युनिष्टहरुसंग मिलेर प्रजातन्त्रको लागि आन्दोलन गर्दिन । ”
तर २०४६ सालको आन्दोलनमा हामी (नेपाली कांग्रेस) कम्युनिष्टहरु संग मिलेर आन्दोलन ग¥यो । माओवादीहरुलाई मूलधारमा ल्याउने वाहनामा १२ वुदे समझदारी विदेशी भुमि ( भारत) मा ग¥यो । माओवादीलाई सदनमा ८३ सीटमा मनोनित ग¥यो ।
केहि उच्चतहमा बसेका नेपाली कांग्रे्रसका नेताहुँ भन्नेहरुले “वी.पी.को विचार असान्दर्भिक भयो । यसमा पुनः विचार गर्नुपर्दछ ” भनेर भाषण गर्न थाले ।
संगसंगै नदेखिने किसिमले नेपाली कांग्रेसभित्र सत्ताको खेल पनि सुरु भयो जुन सत्ताको खेल अहिले नागिएर छुताछुल्ल भयो । वी.पी.को सिद्धान्त र अडानहरुलाइ आफ्नो स्वार्थ अनुरुप व्याख्या गरिन थालियो ।
यस्तो परिस्थितिको वीचमा केहि साथीहरु को आपसी छलफलले एउटा निष्कर्ष निकाल्यो कि नेपाली कांग्रेसभित्र्र वैचारिक विचलन ’ शुरु भयो यो नेपाली कांग्रेसको भविष्य का लागि राम्रो हुदैन यस कारण नेपाली कांग्रेसलाई सहि वाटोमा हिडाउने कोसिस गर्नुपर्दछ ।
यसका लागि पहिलो प्रयास तत्कालिन पार्टि सभापति श्री गिरिजाप्रसाद कोइरालालाई पार्टिमा भएको वैचारिक विचलनबारे व्रीफीग गरियो तर सारा कुरा सुनेर पनि वहाँ केहि बोल्नुभएन ।
त्यसपछि के.वी. गुरुङ जी ले केन्द्रिय समिति को वैठकमा बोल्दा “कांग्रेसभित्र कांग्रेस खोज्दैछु । ”भनेर कांग्रेसले बाटो विराएको व्याख्या गर्नु भयो । यस्ता धेरै प्रयासले केहि न लागे पछि एक दिन के.वी. जी गोविन्द जी र म (विनयध्वज चन्द) बसेर एउटा निर्णय ग¥यो । कि वी. पी.को विचारलाई आम कार्यकर्तामा लग्नु प¥यो ।
यसका लागि जिल्लाका साथीहरु संग सम्पर्क गरि जिल्ला जिल्लामा वी.पी. को विचार को प्रचार प्रसार का लागि संस्था दर्ता गराउनु प¥यो भनेर अनुरोध ग¥यौ यसै क्रममा तनहुँ, मकवानपुर, नुवाकोट, सप्तरी जस्ता केहि जिल्लामा वी.पी. विचार समाजका नामले संस्था दर्ता हुने क्रम शुरु भयो तर नेपाली काँग्रेसका केहि प्रभावशाली नेतृत्व वर्गले संस्था गठन हुने क्रममा बाधा पु¥याउन संग संगै कारवाही गर्न डर देखाउन थाले र एक दुई ठाउँमा कारवाही पनि गरे । यस कारण संगठन विस्तार हुन रोकियो ।
त्यसपछि हामीले केन्द्रमा एउटा संस्था दर्ता गर्ने र ्रत्यसको साखा प्रत्येक जिल्लामा स्थापित गर्ने भन्ने विचारका साथ हामी केहि साथी श्री के. वी. गुरुङ, गोविन्दुराज जोशी , लक्ष्मण घिमिरे, सुनिल कुमार भण्डारी, र लोकेश ढकाल, जम्मा भएर यो विषयमा गहन छलफल ग¥यौ र वी.पी. विचार राष्ट्रीय समाज नाम को संस्था गठन गर्ने निर्णय ग¥यो । यसको विधानको लेखन गरी यसलाई पूर्णता दिइयो । र यसका नौ सदस्यीय तदर्थ समिति गठन गरियो । यस तदर्थ समितिमा श्री कुलबहादुर गुरुङ ,गोविन्दराज जोशी, लक्ष्मणप्रसाद घिमिरे ,विनय ध्वज चन्द, सुनिल कुमार भण्डारी ,अम्बिका बस्नेत,श्याम लाल श्रेष्ठ,लोकेश ढकाल,जनकराज गिरि हुनुहुन्थ्यो । यस प्रकार यस संस्थालाई मिति २०६९÷४÷८ गते जिल्ला प्रशाशन कार्यालय काठमाडौमा दर्ता गरियो ।
शुरुमा यस संस्थाको संगठन विस्तारमा अलि कठिनाएको सामना गर्नु प¥यो । साथीहरु हामीसंग खुलेर लग्न डराए । किनभने हामी संग लाग्दा पार्टिबाट पाइन सक्ने विभिन्न अवसरबाट वञ्चित हुने सम्भावना बढेर गयो । तर हामीसंग नलाग्दा पनि उपयुक्त व्यक्तिहरुले उपयुक्त अवसर पाएनन् र अवशरवादीहरु मात्रै पार्टिमा हावी हुदै गए । पार्टिको यो हविगत देखेपछि नेपाली कांग्रेसलाई माया गर्नेहरु वी.पी.विचार राष्ट्रिय समाजतिर आकर्षित भए यसले गर्दा संगठन विस्तार गर्न सजिलो भयो । अहिले पचहत्तरै जिल्लामा संगठन छ । नयाँ संवैधानिक व्यवस्था अनुसार प्रत्येक सातै प्रदेशमा संयोजक नियुक्त गरी सकिएको छ ।
वी.पी. विचार राष्ट्रीय समाजको ५१ सदस्यीय केन्द्रिय समिति छ । यसको नियमित वैठक प्रत्येक तेस्रो महिनाको १५ गतेका दिन बस्ने गर्दछ । यस समाजको १३ सदस्यीय कार्य सम्वादन समिति छ । यस समितिको वैटक प्रत्येक महिनाको ११ गते बस्ने गर्दछ । कार्य दक्षतालाई बढाउनका लागि र संगठनात्मक शक्तिलाई बढाउनका लागि छ वटा विभागको गठन गरिएको छ ।
क) प्राज्ञ विभाग
ख) परराष्ट्र विभाग
ग) संगठन तथा कार्यक्रम विभाग
घ) महिला विभाग
ङ) स्रोत परिचालन विभाग
च) प्रचार विभाग
सातै वटा प्रदेशमा कार्यसमिति गठन हुदै छ । वडामा पनि समिति गठन हुने प्रक्रिया अगाडि बढाइदै छ । यति गर्दा गर्दै पनि यस संगठन लाई दरिलो र धारिलो बनाउन यस संगटनका पदाधिकारी नयाँ सदस्यहरु प्रयत्नशिल रहेको छ ।

nema
Show More

Related Articles

Back to top button