संस्था गतिबिधीगतिविधि

नेपाली कांग्रेसका नेता तथा नेपाली कांग्रेसका पुर्व महामन्त्री श्री कुल वहादुर गुरुङ्गले प्रदेश नं २ को नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई आगामी आषाढ ४ गते दिनको ११ वजे जनकपुरको धनुषा सदरमुकाममा सम्वोधन गर्नु हुन

जनकपूर १९ जेष्ट,
नेपाली कांग्रेसका नेता तथा नेपाली कांग्रेसका पुर्व महामन्त्री श्री कुल वहादुर गुरुङ्गले प्रदेश नं २ को नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई आगामी आषाढ ४ गते दिनको ११ वजे जनकपूरको धनुषा जिल्लाको सदरमुकाममा मा सम्वोधन गर्नु हुनेछ । सम्वोधनमा प्रमुख रुपमा कांग्रेसमा अहिले आएको सैद्धान्तिक विचलन र अहिले किन कांग्रेसबाहेक सबै दलहरु एक भए कसका विरुद्धमा र केका लागि र के कांग्रेस यो देशमा गणतन्त्रको स्थापना र धर्मनिरपेक्ष मुलुक बनाउन प्रयोग मात्र भएको हो के हिजो जनआन्दोलनमा कांग्रेसको नेतृत्वलाई शिरमा राखेर हिँड्ने दलहरुले आज कांग्रेसको उपयोगिता समाप्त गर्न खोजेका हुन् र के कांग्रेसविनाको नेपालको परिकल्पना गरिएको हो रु ०६२÷०६३ को आन्दोलनको नेतृत्व गरेको कांग्रेस आज किन र कसरी भूमिकाविहीन अवस्थामा आइपुग्यो यी र यस्तै गम्भीर प्रश्नहरु नेपाली राजनीतिमा उठेका छन् । यसतर्फ आज कांग्रेस नेतृत्व गम्भीर देखिँदैन । यतातिर नेपाली कांग्रेस र नेपाली जनताको ध्यान आकृष्ट गर्नु र अभियानको मर्म र उद्देश्य आदि विषयमा उहाले कार्यकर्ताहरुलाई आफना दृष्टिकोणहरु राख्नु हुनेछ । उक्त जानकारी वीपी विचार समाज राष्ट्रिय समाज २ नं प्रदेश का सभापति श्री चुन्नीशरण यादव र वीपी विचार समाज धनुषा जिल्ला सभापति सुरेश कोइराललाले दिनु भएकोछ ।

nema
Show More

Related Articles

Back to top button