वी पी विचार

मेरो स्मरणमा वी.पी. कोइराला -गोविन्द राज जोशी

गोविन्द राज जोशी
वी.पी.काइराला अहिले हाम्रो माझ हुनु हुन्न । उहा हामी माझ नभए पनि उहाका बिचारहरु नेपाली राजनितिमा अहिले पनि सान्धर्भिक छन । यो लेखमा म वी.पी कोइरालाका यीनै सन्धर्भहरु उल्लेख गर्न गई रहेको छु । वी.पी.कोइरालाले अफनो जीवनको अन्त तिर भन्नु भएको थियो ू म मरे पछि नेपाली कांग्रेसमा मेरो भुमिकाको वारेमा व्यापक भ्रम श्रीजना गर्ने प्रयास हुनेछ भन्ने मलाई पक्काछ । घटनाहरुलाई वड.ग्याएर ईतिहासको गलत व्याख्या गरीनेछ ।
नेपाली कांग्रेसमा मैले लिएको अडान र मेरो दृटिकोणलाई गौड वनाईनेछ । मैले नेपाली कांग्रेसमा सदैव सैद्धान्तिक र विषयगत अडान लिएको छु । राष्टियताको विषयमा , प्रजातान्त्रीक सस्थाहरुको विषयमा ,आर्थिक विकाश र समाजवादी व्यवस्थाको विषयमा , मेरा अडानका निरन्तरता छन । हिन्दुस्थानको वारेमा , राजाको वारेमा र संसार संगको सम्पर्कका वारेमा मेरो दृष्टिकोणमा एउटा निरन्तरता छ र त्यसका आधारहरु मैले सधै उल्लेख गर्ने गरेको छु । २००७ सालको क्रान्ती हामिले हिन्दुस्थान वाट संचालन ग¥यौ । हामिलाई हिन्दुस्थानले संचालन गर्न खोजेको कुराको मैले सधैभरी र सवभन्दा वढि विरोध गरेको छु । मैले राजालाई हमेसा महत्व दिएको छु ।
मलाई थुनामा राख्दा पनि मैले त्यहि विचार राखेको छु । उनको निरड.कुस शैलिको मैले सधै र सवभन्दा वढि विरोध गरेको छु । मैले हिन्दुस्थानमा वसेर संगठन गर्दा पनि आफनो राष्टियताको छवि कायम राख्ने प्रयास गरे । राजा संग मेल मिलापको कुरा गर्दा पनि प्रजातन्त्रको आग्रहमा मैले कहिल्यै समर्पण गरीन । मेरा यी अडानहरुका वारेमा व्यापक भ्रम श्रजना हुने संभावना मैले देखेको छु । नेपाली कांग्रेसको ईतिहास ति सवै आदर्सहरु र लक्षहरुका साथ भएको संघर्षको ईतिहास हो । मलाई लाग्दछ यस मुलुकको उज्जल भविश्यका लागी नेपाली कांग्रेसमा ति कुराहरुको निरन्तरता रहनु पर्छ । जुन दिन नेपाली कांग्रेसले राष्टियताको आफनो अडान छोडनेछ , यो निरर्थक भएर जाने छ । जुन दिन यसले प्रजातन्त्रको आदर्शहरु छाडेर केवल सत्ताको राजनिति गर्ने छ , यो निरर्थक भएर जानेछ ।
नेपाली कांग्रेसलाई उसको अगृम एतिहासिक भुमिकाको लागी मेरा दृष्टिकोणहरु अनुरुपको यसको् ईतिहास लेख्नु आवस्यक छ । ू ( जेल जर्नल ( विश्वेस्वर प्रसाद कोइराला ( पृष्ट छ, ज ) “ याो भनाईलाई मनन गर्दा अहिले नेपाली कांग्रेसको अवस्था र सांगठनिक स्वरुप ठीक उल्टो गतिमा छ भन्दा अत्युक्ति हँुदैन । काँग्रेस नेपाली राजनीतिको पूर्णताबाट क्रमशः खस्कँदै अपूर्णतातर्फ उन्मुख भइरहेको छ । एउटा दुर्दान्त स्थितिको चित्रण भविष्यका पिढीले अब नेपाली काँग्रेसको बारेमा नगर्लान भन्न सकिन्न । समय, सन्दर्भ, सामाजिक संस्कार र मान्यताभित्र आज नेपालको सबैभन्दा जेठो, ठूलो, बृहत् र प्रजातान्त्रिक सिद्धान्तनिष्ठ पार्टी नेपाली काँग्रेस यस्तो हुनुका पछाडिका कारणहरुको पहिचान आजको आवश्यकता भएको छ । यसलाई आत्मसात गरी अघि नबढेमा इतिहास बचाउन काँग्रेस समर्थ हँुदैन । वर्तमानमा स्वाभिमानी भएर बाँच्न सक्ने साहस पनि काँग्रेसले बटुल्न सक्दैन ।
वास्तवमा नेपाली काँग्रेस सिद्धान्त र आदर्शमा विश्वास गर्नेहरुका लागि एउटा जीवनशैली हो र जीवन पद्धति पनि हो । काँग्रेसका कार्यकर्ताहरु नेपाली काँग्रेसको गौरवमय इतिहास, आदर्श र नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा यसको विशिष्ट योगदानका कारण सधैँ आफूलाई गौरवान्वित मान्दछन् । काँग्रेसको यो गौरवलाई कायम राख्नु र नेपाली जनताबीच काँग्रेसको यो छवि प्रभावकारी बनाउनु काँग्रेसका नेता तथा कार्यकर्ताहरुको पूर्ण जिम्मेवारी हो ।
जन्मकालदेखि नै नेपाली काँग्रेस राष्ट्रियता, प्रजातन्त्र र समाजवादका आदर्श, मूल्य र मान्यताका आधारमा न्यायपूर्णँ, गतिशील, स्वतन्त्र र समतामूलक समाजको स्थापनाका लागि प्रतिबद्ध छ । आफना पार्टीका हजारौहजार नेता एवं कार्यकर्ताले प्रजातन्त्रका लागि गरेको त्याग, तपस्या र बलिदानपूर्णँ देशभक्तिको लामो परम्परालाई काँग्रेस उच्च सम्मान गर्दछ । हिंसात्मक दोन्धको बेलामा पार्टीका सैद्धान्तिक आदर्श र मुलुकमा स्थायी शान्तिका निमित्त जीवन उत्सर्ग गर्ने हजारौँ हजार शहीदहरुको शहादतलाई सम्मान गर्नु यसको कर्तव्य हो ।
संगठन विस्तार र वैचारिक प्रतिबद्धता विना काँग्रेसको ऐतिहासिक साख बच्न सक्दैन । काँग्रेसका कार्यकर्ताभित्र भएको कमजोर निर्णय शक्ति र ह्रास हुँदै गएको मनोबलको कारण आज नेपाली काँग्रेस सांगठनिक रुपमा सङकटग्रस्त भई उभिएको छ । यो ज्यादै जटिल मोड हो । आफ्नो ऐतिहासिक साखलाई कायम राख्न नेपाली जनताको लोकतान्त्रिक प्रतिनिधि संस्था नेपाली काँग्रेसले आफूलाई नेपाली समाजमा मजबुत बनाएर प्रस्तुत गर्नुपर्ने आवश्यकता छ ।
विचार राजनीतिक दलको आत्मा हो भने कार्यान्वयन शरीर हो । विचार र कार्यान्वयन विना दलले जनताको विश्वास जित्न सक्दैन । काँग्रेस उदार प्रजातन्त्रमा विश्वास राख्ने राजनैतिक दल हो । अहिले काँग्रेसभित्र उदार विचार राख्नेहरु संकुचित विचार राख्नेहरुको बीचमा वैचारिक मतभिन्नता छ । त्यसैले काँग्रेसमा अहिले विचार र पहिचानको कुरा उठेको हो ।
सशस्त्र आन्दोलन र पटक पटक शान्तिपूर्ण आन्दोलन गरेको नेपाली काँग्रेसले देशको राष्ट्रियतामा संकट आइपरेको ठहर गरी निरन्तर आन्दोलन गरिरहने क््रmममा २०३३ साल पौष १६ गते वीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गरी भारत निर्वासन छोडी स्वदेश फर्कनु भयो । वीपी कोइरालाको भारत निर्वासन नेपाली काँग्रेसको प्रजातान्त्रिक आन्दोलनको एक महत्वपूर्ण पाटो थियो ।
राष्ट्रिय मेलमिलापका दुईटा पाटा छन् एउटा हो– राष्ट्रियता र अर्को हो– प्रजातन्त्र । यसले कसैसँग मेलमिलाप गर्नुअघि मेलमिलाप गरिने शक्ति वा व्यक्ति राष्ट्रवादी अथवा प्रजातन्त्रवादी छ कि छैन भनी निक्र्यौल गर्नुपर्दछ । त्यो व्यक्ति वा शक्ति राष्ट्रवादी वा प्रजातन्त्रवादी छैन भने त्योसँग मेलमिलाप हुन सक्दैन भन्ने कुरा कांगे्रस नेतृत्वले बुझ्नु पर्दछ । वीपीले राजा महेन्द्रसँग मेलमिलाप गर्दा राजालाई पहिला प्रजातान्त्रिक बनाएर मेलमिलाप गर्न चाहनु भएको थियो । तर त्यसो हुन सकेन ।
जननायक वीपी कोइरालाद्वारा प्रतिपादित राष्ट्रिय मेलमिलाप एउटा दर्शन हो । यसलाई दर्शनकै रुपमा व्याख्या गरिनु पर्दछ । नेपाली काँग्रेसले अवलम्बन गर्नुपर्ने राजनैतिक दर्शन राष्ट्रिय मेलमिलाप हो । राष्ट्रिय मेलमिलापको मर्म भनेकै राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हो । मेलमिलापको राजनीतिक एवं रणनीतिक दर्शन प्रतिपादन गर्दा वीपीले बारम्बार भन्नु भएको छ– म पनि जनता हुँ । म जोसँग मेलमिलाप गर्दछु त्यो न्यूनतम योग्यताले युक्त हुनु पर्दछ । त्यो योग्यता भनेको उभित्रको राष्ट्रवादी स्वर हो । राष्ट्रवादी व्यक्तिमा अरुको स्वतन्त्रताप्रति हस्तक्षेप नगर्ने, आफू बाँचौँ भन्दै अरुलाई पनि चेतनशील गराएर बाँच्न सिकाउने क्ष्ाँमता हुन्छ । स्वदेशको हितविरुद्ध कुनै हालतमा पनि परचक्रीसँग सम्झौता नगर्ने मन र बु्द्धि भएकाहरु राष्ट्रवादी, प्रजातान्त्रिक हुन्छन् भनेर वीपीले राष्ट्रियता र प्रजातन्त्रको बलियो आधार जनताबाट जनताकै निम्ति हुन सक्दछ भन्ने किटान समेत गर्नुभएको छ । वास्तवमा वीपीले यिनै विचार र भावनाभित्र एक व्यक्ति राष्ट्रको खरो पहरेदार भएर जनताका हरेक हक अधिकारका लागि प्रजातान्त्रिक विचार बोकी दह्रो भएर उत्रन सक्ने काँग्रेस कार्यकर्ताको निर्माण्ँ हुनु पर्दछ भन्ने संकेत गर्नुभएको थियो ।
कोइरालाको राष्ट्रवादी स्वरलाई कुनै नवीन विशेषणको आवश्यकता छैन । जननायक वीपी राष्ट्रका लागि स्वदेशको सार्वभौमसत्ता जनतामा निर्भर गराएर प्रजातन्त्रको सुनौलो सूर्य उदाएको देश आफ्नो मातृभूमिलाई बनाउनका लागि भारत प्रवासमा बस्नुभयो । आठ वर्षसम्म प्रजातन्त्र र स्वतन्त्रताका लागि प्रवासमा बसेर संघर्ष गरिरहँदा उहाँमाथि नेपालको तत्कालीन सरकारले विभिन्न ८ वटा ज्यानमुद्दाहरु लगाएको थियो । मुद्दाको बेवास्ता गर्दै उहाँआफ्नो देश फर्कनुभयो र सार्वभौमिकता र प्रजातन्त्रको लागि आफ्नो अडान यथावत् राख्दै राष्ट्र रक्षार्थ नयाँ शिराबाट विचार, दर्शन प्रतिपादन गरी राष्ट्रिय मेलमिलापको नीति तय गर्नुभयो । वीपी विचारको निष्कर्ष थियो– राष्ट्रियता र प्रजातन्त्रभित्र जनएकता निर्माण गर्न हिच्किचाउने मानिसमा काँग्रेसको कार्यकर्ता र नेता बन्न सक्ने कुनै पनि योग्यता र क्षमता रहँदैन । देशका निम्ति सिद्धान्त र अडान प्रथम आवश्यकता हुन्छ । यही आवश्यकता आज काँग्रेसका नेता र कार्यकर्ताले मनन नगरिदिएकाले नेपाली काँग्रेस धरातल छोडेको धरहरा जस्तै भएको छ ।
वीपी कोइरालाले आफ्नो जीवनभर राष्ट्रियतालाई प्राथमिकता दिनुभएको थियो । आफ्नो जीवनको अन्तिम भाषणमा उहाँले भन्नुभयो, ? यदि तपाईँहरुलाई कुनै निर्णय लिन अप्ठेरो परेमा नेपालको एक मुठी माटो लिएर सोच्नुहोस् त्यतिबेला जे गर्न उचित लाग्छ गर्नुहोस् । ? यो उहाँको अन्तिम सार्वजनिक अभिव्यक्तिहरु मध्येको एक हो । वीपी कोइरालाले बारम्बार आफू जनताको प्रतिनिधि भनेर आफ्नो पहिचानको कुरा उठाउनुभएको छ । कार्यकर्ता नेता सबैले अभिवादनमा ¬जय नेपाल’ भन्नु, कालो भादगाउँले टोपी बीचमा चिरे जस्तो गरी पट्याएर लगाउनु, कसैसँग कहिल्येै नझुक्नु, पार्टी सिद्धान्तप्रति अटल रहनु काँग्रेसका नेता र कार्यकर्ताको बाहिरी पहिचान हो । आज उहाँको राष्ट्रिय मेलमिलापको गलत व्याख्या भएको छ । काँग्रेस नेतृत्वबाट जनतासँगको मेलमिलाप नै राष्ट्रिय मेलमिलापको नीति हो भनेर व्याख्या गर्न लगाइएको छ । यो सर्वथा गलत हो । जनताको प्रतिनिधिको जनतासँग त सँधै मेलमिलाप हुन्छ नै । वीपीले राष्ट्रियता र प्रजातन्त्रको कुरा गर्दा जहिले पनि राष्ट्रवादी र प्रजातन्त्रवादीका बीचको मेलमिलापको कुरा गर्नुभएको छ । मेलमिलाप भनेको कुनै व्यक्ति वा शक्तिसँग नभएर प्रजातन्त्रवादी र राष्ट्रवादीसँगको मेलमिलाप हो । यसलाई बिसँर्दा नेपाली काँग्रेसमा विचलन आयो । यही विचलन नै आजको परिणाम हो । नेपालीकाँग्रेसले आज न राष्ट्रियताको चुरो समातेको छ न वीपीको समाजवादी चिन्तनको चुरो ।
राष्ट्रिय मेलमिलापको नीतिको दोश्रोे मूलभूत सिद्धान्त भनेको प्रजातन्त्र हो । काँग्रेसको लक्ष्य हो– कहिल्यै पनि सत्ताका लागि प्रजातन्त्रका मूलभूत सिद्धान्त र आदर्शलाई भुुल्नु हँुदैन । प्रजातन्त्रको मूलभूत लक्ष्य नाम जप्नु मात्र होइन । प्रजातन्त्रको श्रोत (क्यगचअभ), आधार(दबकभ) र लक्ष्य (न्यब)ि जनता नै हुन् । लोकतन्त्रको परिभाषा कुनै एउटा राष्ट्र वा सरकारले मात्र गरेर हुँदैन । संयुक्त राष्ट्रसंघको लक्ष्य समेत प्रजातन्त्र, लोकतन्त्र वा लोकतान्त्रिकगणतन्त्र हो । प्रजातन्त्रको परम्परागत बहुदलीय संसदीय व्यवस्था वा लोकतान्त्रिकगणतन्त्रको विश्वव्यापी मान्यतालाई संशोधन गरेर हामी क््रmान्तिकारी हुन सक्दैनौँ । प्रजातन्त्रका बारेमा वीपी कोइराला भन्नुहुन्छ ¬हाम्रा सुकुम्बासी, भूतपूर्व सैनिक, तल्ला स्तरका कर्मचारी तथा किसानहरुले राम्ररी दुई छाक खान पाऊन् । तिनीहरु एउटा छतमुनि बस्न पाऊन् । केटाकेटीले पढ्न पाऊन् । औषधि उपचारको व्यवस्था होस् । हामीहरुलाई अहिले ठूला–ठूला महल र हवाइजहाज चाहिएको छैन । यही चाहिएको छ– सबैले पेटभरि खान पाऊन्, एकसरो लुगा लगाउन पाऊन्, पढ्न पाऊन्, औषधिमूलो पाऊन्, त्यही हो प्रजातन्त्र ।’’ अहिलेको सन्दर्भमा पनि प्रजातन्त्र भन्नु नै मानिसको खाने, पढ्ने र औषधिमूलोको अधिकार हो भन्ने कुरालाई वीपीले त्यतिबेला नै भन्नु भएको थियो । प्रजातन्त्र भनेको अर्को शब्दमा विश्वका सबै जनताले साँंस्कृतिक, राजनैतिक, सामाजिक र आथिर्क भेदभावविना आफ्नो इच्छाअनुसार प्रयोग गर्न पाउने आप्mनो अधिकार हो । प्रजातान्त्रको महत्वपूर्ण सारतत्व भनेकै निष्पक्ष र स्वतन्त्र निर्वाचन हो । त्यस्तो निर्वाचनपछि बनेको सरकारले मात्र जनतालाई निर्भयतासाथ मौलिक हक उपभोग गर्न सुनिश्चितता प्रदान गर्न सक्छ । जुन नेपालको मूर्त आवश्यकता पनि हो । प्रजातन्त्रमा कानुनी राज्यको पूर्ण पालनाको लागि स्वतन्त्र न्यायपालिकाको महत्वपूर्ण भूमिका रहन्छ । प्रजातान्त्रिक व्यवस्थामा राज्य आफैँले प्रजातान्त्रिक छु भनेर मात्र पुग्दैन । प्रजातन्त्र अन्तर्राष्टीय मापदण्डअनुकूल हुनु पर्दछ । यसप्रतिको प्रतिबद्धता नै नेपाली काँग्रेसको प्रजातन्त्रप्रतिको प्रतिवद्धता हो । नेपालीकाँग्रेसको पहिचान पनि यही हो । के काँग्रेस प्रजातन्त्रको यो मुलभूत सिद्धाान्तमा संविधान सभामा संविधान निर्माण गर्दा अडिन सक्छ ? नेपालली कांग्रेस संसदीय प्रजातन्त्रलाई बिश्वकै उत्कृष्ट व्यवस्था मान्द छ । के काँग्रेस प्रजातन्त्रको यो मुलभूत सिद्धान्तमा संविधान सभामा संविधान निर्माण गर्दा अडिन सक्छ ? आज नेपालमा ८१ प््रतिसत हिन्दु , १० प्रतिसत बुद्धिष्ट, बुद्धलाई विष्नुको नवौ अवतार मानिने भएको र ४ प्रतिसत हिन्द धर्म संग नजिक धर्म मान्नेहरु भएकाले ९५ प्रतिसत हिन्दु भएको देशमा जनताको भावना अनुसार हिन्दु राज्यको व्यवस्था गर्न पर्दछ । के काँग्रेस यो मुलभूत सिद्धान्तमा संविधान सभामा संविधान निर्माण्ाँ गर्दा अडिन सक्छ ? संघियताको सन्धर्भमा पनि त्यस्तै जटिलता छ । संघियताको अन्तर वस्तुमा भन्दा सिमाको विवाद अत्यन्त जटिल हुनेछ । के काँग्रेस प्रजातन्त्रको यो मुलभूत सिद्धान्तमा संविधान सभामा संविधान निर्माण गर्दा अडिन सक्छ ? अहिले यो पनि जनताका मनमा प्रश्नचिह्न बनेर उत्तरको प्रतिक्षाको विषय वनेको छ । यो विषय जति गम्भीर छ त्योभन्दा बढी विचार र कार्यान्वयनको जिम्मेवारी काँग्रेसले वहन गर्न सक्नु पर्दछ ।
राष्ट्रिय मेलमिलापको नीतिको तेश्रो मूलभूत सिद्धान्त समाजवाद हो । वीपीले भन्नु भएको छ– व्यावहारिक रुपमा समाजवाद भनेको भोको मानिसका लागि एक मुठी चिउरा हो । सैद्धान्तिक रुपमा साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद बाँकी रहन्छ । समानताको मूल अवधारण्ाँ सबैका लागि सधैका लागि हुुनुपर्दछ । नेपाली काँग्रेसले पटक पटक गरी सबैभन्दा बढी समय सत्ता सञ्चालन गर्दा विपन्नताबाट सम्पन्नतातर्फ उन्मुख समाज बनाउन वीपीको चिन्तनबाट उठान भएको समाजवादलाई भुल्यो, आर्दशहीन बन्यो । जसको कारण अथाह कृषि भण्डार, जलस्रोत, पर्यटन र साँस्कृतिक छटा भएको मुलुकका हरेक युवा उचित नीति र दिशानिर्देशको अभावका कारण बेरोजगार हुन पुगे । समाजवादी अर्थ चिन्तन नहुनुको कारण हामी आज आफ्नो सुरक्षिँत आगनमा असुरक्ष्ँित भयावह भुकम्प आह्वान गरिरहेका छौं । हामीले विपन्न वर्गका मानिसको पहिचान गरेर उनीहरुको आथिर्क अवस्थामाथि उठाउने कार्यक्रम ल्याउनुपर्दथ्यो, सकेनौँ । गरिबीका रेखामुनि रहेका नेपालीहरुको न हामीले पहिचान गर्न सक्यौँ न उनीहरुको जीवन उकास्ने कुनै कार्यक्रम नै लागू गराउन सक्यौँ ।
अहिले नेपालीकाँग्रेस संकटको घडीमा छ । यस संकटबाट पार हुनका लागि जननायक वीपीका विचारहरुपूर्णतः अवलम्बन गर्नुपर्छ । राष्ट्रियता र लोकतन्त्रको रक्षा विकास निर्माण सहित समृद्ध नेपाल निर्माण गर्ने आफ्नो लक्ष्य पूरा गर्न काँग्रेस कार्यकर्ताहरुको भूमिका सबैभन्दा प्रभावशाली र महत्वपूर्ण हुनेछ । राष्ट्र, राष्ट्रियता र लोकतन्त्र जोगाउने जिम्मेवारी काँग्रेसको काँधमा छ । नेपालीकाँग्रेस एउटा पार्टी मात्र होइन नेपालको प्रजातान्त्रिक आन्दोलनको पर्याय पनि हो । अहिले नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाली काँग्रेसले अग्रणी भूमिका निभाएको छ । मुलुकमा प्रजातन्त्र भएका अवस्थामा त्यसलाई सञ्चालन गर्ने र प्रजातन्त्र अपहरित हुँदा स्थापना गर्ने दायित्व मूलतः काँग्रेसको काँधमा छ ।
नेपाली काँग्रेस एउटा पार्टी मात्र होइन समग्र नेपालको प्रजातान्त्रिक आन्दोलनको सगरमाथा हो । विगतका महत्वपूर्ण घडीमा विभिन्न पार्टीहरु नेपाली काँग्रेसकै चौतारीमा एकत्रित भएर लोकतन्त्रका लागि संघर्षमा होमिएका थिए । अहिले पनि नेपालको लोकतान्त्रिक आन्दोलनको मियो नेपाली काँग्रेस हो र हुनुपर्छ । यो सत्य हो कि नेपाली राजनीति र लोकतन्त्रको निष्ठाका सवालमा नेपाली काँग्रेसको विकल्प कसैले दिन सक्दैन । काँग्रेसले आजका चुनौतीहरुको सामना गरेर प्रभावकारी भूमिका निर्वाह गरी नेपाली राजनीतिलाई आदर्श मार्गमा डोहो¥याउँदै चिरकालसम्म नेपाली राजनीतिको नेतृत्व गरी देशको समग्र विकास गरेर नेपाल आमाको मुहार हँसाउन सक्नेछ यसैकारण वीपीका विचारहरु अहिले पनि उत्तिकै सान्धर्भिक छन भन्ने विश्वासका साथ विराम ।
( लेखक वी. पी विचार राष्टिय समाजका सह सभापति हुनुहुन्छ )

nema
Show More

Related Articles

Back to top button